२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

बेँसीशहर–चामे सडक खुल्यो

२९ भाद्र २०७६, आईतवार ०५:१२

भदौ २९, लमजुङ । लमजुङ र हिमाली जिल्ला मनाङबीचको एक मात्र बेँसीशहर–चामे सडक खुलेको छ । नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरमा पहिरो जाँदा अवरुद्ध भएको करीब १७ दिनपछि शनिबार साँझबाट यस सडकखण्ड खुलेको हो ।

करीब १०० मिटर माथिबाट आएको ठूला–ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध बनाएको सडक १० दिनको प्रयासपछि  खुल्न सफल भएको छ । पहिरोले १२० मिटर सडक नै भत्काएपछि तत्काल सडक खुलाउने प्रयास गरिए पनि ठूला–ठूला ढुङ्गा हटाउन र फोर्न नसकिएपछि ८० वटा बम ब्लाष्ट र ब्रेकर लगाएर सडक सञ्चालन गर्न सफल भएको सडक डिभिजन कार्यालय दमौलीका सवइञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार पहिलाको सडक नै पत्ता नलाग्ने गरी सडक भत्किएपछि पहिलाको भन्दा फरक ‘ट्र्याक’ खोलेर सडक निर्माण तथा मर्मत गरिएको छ । उहाँले भन्नुभयो, “सडक खुलाउनलाई धेरै जोखिम मोल्नुपरेको र यस्तो ठूलो पहिरो त यसअघि कहिले पनि थाहा पाइनँ, यो पहिरो अहिलेसम्मकै ठूलो रह्यो ।” अहिले सडक सञ्चालन भएपनि कतिबेला फेरि पहिरो आएर सडक अवरुद्ध हुन्छ थाहा नै नहुने सडक डिभिजन कार्यालय दमौली तनहुँले जनाएको छ ।

सडक डिभिजन कार्यालयले सडक सञ्चालन गर्न सफल भएपनि लमजुङ र मनाङको सिमानामा रहेको म्यार्दी खोलामा पुल निर्माण सम्पन्न हुन नसक्दा खोलाबाट साना सवारी साधन तर्न नसकेको र ट्रक, ठूला ट्र्याक्टर मात्रै खोलाबाट तर्न सकेको सवइञ्जिनीयर अधिकारीले भन्नुभयो । म्यार्दीखोलामा पानी नघटेको र आकाशबाट पानी बेला–बेला पर्ने गरेकाले खोलामा पानीको प्रवाह बढिरहेकाले साना सवारी साधन खोला तर्न सक्ने अवस्था नहुँदा यात्रुलाई समेत समस्या हुने भएको छ । बेँसीशहरदेखि चामेसम्म ६५ किलोमिटर लामो दूरी छ ।

यस सडकमा दैनिक यात्रु बोक्ने ३५ सवारी साधन आवतजावत गर्ने गर्दछन् । चाडपर्व नजिकिएसँगै सामानसमेत ढुवानी गर्नलाई समस्या हुन थाले पनि सडक सञ्चालन भएपछि भने स्थानीयवासी खुशी भएका छन् । म्यार्दीखोलामा निर्माणाधीन मोटरेबल पुल केही दिनमा निर्माण सम्पन्न हुने र सो पुलबाट सवारी साधन गुड्न थाल्ने सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुलको ‘एम्प्रोज रोड’ को केही भाग मात्रै निर्माण सम्पन्न गर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान