Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी

By साझासवाल

सम्राट सिंह | असोज ५, बझाङ | बझाङ जिल्लाको केदार स्युँ गाँउपालीका ७ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।

शनिवार राती  वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको केदार स्यूँ गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले बताइन । उनले आगजनीवाट वडा कार्यालयमा रहेका सामानहरु जलेर नस्ट भएको जानकारी दिइन ।

वडा कार्यालयमा आगजनी कस्ले गरेको र किन गरेको हो भन्नेवारे अहिले सम्म नखुलेको र घटना स्थलसम्म पुग्न रायल प्रहरी चौकी वाट टोली प्ररीचालन गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेस बमले जानकारी दिए ।

प्रहरी प्रमुख वमका अनुसार वडा कार्यालय जान करीव चार पाँच घण्टाको पैदल दुरीमा रहेकाले प्रहरी पुगेपछी मात्र यर्थाथ बिवरण आउने बताए ।