२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पाटन भ्याली र भूमेश्वर सेमिफाइनलमा

२०७६, १० आश्विन शुक्रबार ०२:२३

असोज १०, बैतडी । पाटन भ्याली र भुमेश्वर, पाटन नगरपालिकामा जारी ‘प्रथम मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को सेमिफाइनमा प्रवेश गरेका छन् । 

बिहीवार श्रीकृष्ण माविको खेलमैदानमा सम्पन्न खेलमा पाटन नगरपालिका–६ पाटन भ्यालीले पाटन नगरपालिका–४ भूमेश्वरलाई आठ विकेटले हराएर अन्तिम चारमा स्थान बनाएको हो । भूमेश्वरले पाटन भ्यालीलाई ७८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पाटन भ्यालीले दुई विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि वीरेन्द्र विष्टले ४२ रन बनाए । उनी म्यान अफ द म्याच घोषित भए । यसअघि ब्याटिङ गर्दै भूमेश्वरले १५ ओभरमा ७७ रन मात्र बनायो । 

अर्को खेलमा पाटन नगरपालिका–८ सिद्धेश्वरलाई नौ विकेटले हराउँदै पाटन–५ बसन्तपुर विजयी भयो । सिद्धेश्वरले दिएको १२८ रनको लक्ष्य बसन्तपुरले एक विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि म्यान अफ द म्याच मनोज ठगुन्नाले अविजित ६७ रन बनाए ।

यस अघि पहिला ब्याटिङ गरेको सिद्धेश्वरले कृष्ण विष्टको अर्धसतकीय पारीको मद्दतमा १२७ रन बनायो । विष्टले ५५ रन बानाए । बलिङतर्फ बसन्तपुरका प्रकाश ठगुन्नाले तीन विकेट लिए । बुधवारदेखि शुरु भएको प्रतियोगितामा ६ टोलीको सहभागिता छ । पाटन नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पुरस्कार पाउने छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन