२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेठानीको रिसले भतिजाको हत्या गर्ने उर्मिलादेबीलाई जन्मकैद

११ आश्विन २०७६, शनिबार १०:५१

असोज ११, सप्तरी | सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले जानकारी दिनुभयो । 

जिल्ला अदालतको आदेशमा आरोपित मण्डल २०७३ फागुन १२ गतेदेखि राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा छिन् । तीन वर्षीय रामअवतार खंग मण्डलको हत्या गरेको अभियोगमा उनकै काकीलाई जन्मकैद सजायको फैसला भएको हो । घरमा खेलिरहेका बालकलाई २०७३ माघ २३ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले घटनाकै दिन उनलाई पक्राउ गरेको थियो ।

घटनाका बेला दाजुभाइ रहेका मृतकका बुबा धर्मदेव खङ्ग मण्डल र आरोपितका पति अशोक खङ्ग मण्डल सिलाइकटाइको कामका लागि भारतको मुम्बईमा बसिरहेका थिए । मृतकका हजुरबुवा रामदेव खेतमा तथा मृतकका आमा चन्द्रिका र हजुरआमा विणादेवी घाँस दाउरा गर्न जङ्गल गएकी थिइन् । त्यसैबेला जेठानी चन्द्रिकासँगको रिसइबीमा उनले भतिजाको हत्या गरेकी हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान