२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका ग्रामीण सडक अवरुद्ध, दशैंको लागि घर फर्कनेको लर्को

१४ आश्विन २०७६, मंगलवार ०७:३३

विनोदसिंह विष्ट | असोज १४, बैतडी | दशैँ शुरु हुँदा वर्षा पनि शुरु भएकाले बैतडीका ग्रामीण क्षेत्रमा पुग्ने नागरिकलाई समस्या भएको छ । वर्षाका कारण अधिकांश ग्रामीण कच्ची सडक हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

जिल्लाका ग्रामीण कच्ची सडकमा वर्षाले हिलो भएपछि महङ्गो भाडा तथा जोखिम मोलेर आवतजावत गर्न बाध्य हुनुपरेको स्थानीयवासीले बताएका छन् । विभिन्न ठाउँबाट दशैँं मनाउन आफ्नो पुख्र्यौली थलोमा फर्कनेलाईसमेत समस्या भएको छ ।

जिल्लाको तल्लोसोराड जोड्ने पाटन–पञ्चेश्वर सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा बाधा पुगेको मेलौलीका केशवसिंह भाटले बताउनुभयो । सडक हिलाम्य हुँदा दशैँका लागि घर फर्कने तथा पुख्र्यौली घरमा आउनेहरु महङ्गो भाडा तिरेर यात्रा गर्न बाध्य भएका उहाँले बताउनुभयो । 

यस्तै देहीमाडौं गिरेगडा सडक पनि वर्षाका कारण हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ । ठाउँठाउँमा सडक चिप्लो भएकाले यात्रा गर्न निकै असहज हुने गरेको स्थानीय पदमराज जोशीले जानकारी दिनुभयो । सतबाँझ श्रीभावर सडक पनि वर्षाका कारण हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको चालक किशोर मडैले जानकारी दिनुभयो ।

लगातारको वर्षात्ले सडकमा गाडी गुडाउन असहज भएको छ । यस्तै श्रीभावर हाट, दुदिलाखान गाँजरी, अनारखोली कैलपाल लगायतका सडकमा पनि वर्षातका कारण सवारी साधन सञ्चालनमा समस्या आएको छ । दशैँको मुखमा वर्षा भएकाले दशैँका लागि तराईबाट पहाड झरेकालाई गन्तव्यमा पुग्न मुस्किल भएको छ । कतिपय ठाउँमा हिँडेरै जानुपर्ने बाध्यता आइलागेको छ । 

घर फर्कनेको लर्को 

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट घर फर्कनेको लर्को लागेको छ । दशैँ शुरु भएसँगै रोजगारीका लागि मुग्लान पसेका घर फर्किन थालेका हुन् ।

सीमावर्ती भारतीय शहर झुलाघाट, पिथौरागढमा काम गर्न गएका सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक झुलाघाट नाकाबाट घर फर्किन थालेका हुन् । सीमा नाकाबाट आजभोलि दैनिक ४०० बढी नागरिक स्वदेश फर्कने गरेका सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी नायब निरीक्षक जनकसिंह धामीले बताउनुभयो । 

गएको १५ दिनयता सीमा नाकाबाट घर फर्किनेको लर्को लागेको उहाँले बताउनुभयो । करीब ६ महीनाअघि भारतको पिथौरगाढ कामका लागि पुग्नुभएका बझाङको बित्थडचीर गाउँपालिका सुनकुडाका परमानन्द जोशी दशैँका लागि घर फर्किनुभएको छ । 

गाउँघरमा दशैँको बेला मठमन्दिरमा पूजाआजा हुने गरेको र गाउँका सबै मानिससँग भेटघाट पनि हुने गरेकाले आफू घर फर्केको उहाँले बताउनुभयो । सीमापारी भारतीय बजारबाट नेपाली बजारमा सामग्री ढुवानी गर्ने कामदार पनि दशैँका लागि घर फर्केका छन् । 

यसैबीच सीमा नाकाबाट घर फर्किने नागरिकलाई सजिलो होस भनेर झुलाघाटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहायता कक्ष स्थापना गरेका छन् । नेपाल प्रहरीले स्वास्थ्यकर्मीसहितको सहायता कक्ष स्थापना गरेको छ भने सशस्त्र प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । 

सीमाबाट फर्किने नेपालीलाई दशैँको बेला दुःख नहोस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

सीमा नाकाबाट घर फर्किने नागरिकलाई सजिलो होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताउनुभयो । यात्रु सहायता कक्षका कारण सजिलो भएको घर फर्किने नागरिकले महसुस गरेका छन् । 

अन्य समयको भन्दा यात्रु सहायता कक्षले नागरिकलाई सजिलो भएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेश शाहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य