२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी प्रहरीको विशेष सुरक्षा योजना लागू

२०७६, १६ आश्विन बिहीबार १०:२३

असोज १६, बैतडी | नेपालीहरुको मुख्य चाडपर्व दशैंँतिहारलाई मध्यनजर गर्दै बैतडी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउने सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी निरीक्षकको कमाण्डमा जिल्लाभरी ३३२ प्रहरी खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । यसका साथै सुरक्षाको लागि उपलब्ध स्रोतसाधन अधिकतम खटिने जनाइएको छ । सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको छ । 

यस्तै पाटन, मेलौली र सदरमुकाम क्षेत्रमा गाडी स्टेण्डबाइ राख्ने र आवश्यक परेमा अन्य सरकारी निकायसँग पनि समन्वय गर्ने सुरक्षा योजनामा समेटिएको छ । 

यस्तै वित्तीय कारोबार हुने क्षेत्र, मेला हुने क्षेत्रलाई विशेष निगरानीमा राखेर प्रहरी परिचालन गरिने बताइएको छ । चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचलाई अझै प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । मादकपदार्थ ओसारपोसार, बेचबिखन र सेवनलाई नियन्त्रणका लागि सम्बद्ध पक्षसँग समन्वय गरिनेछ ।  

स्थानीय तह, स्थानीय प्रसासन तथा सम्बद्ध पक्षसँग समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाइएको छ । जिल्लाका पाँच स्थानमा ट्राफिकसहित अन्य १० स्थानमा नेपाल प्रहरीको चेकिङको व्यवस्था मिलाइएको छ । दैनिक सात वटा पैदलगस्ती र सीमानाकामा २४ सै घण्टा चेकजाँचको व्यवस्था गरिएको छ । 

कालोबजारी, जुवातास तथा झै झगडाजस्ता घटना उपर निगरानी बढाइने र संलग्नलाई कानून बमोजिम कारवाही हुने भएको छ । तीन वटा प्रहरीको टोलीलाई सादा पोशाकमा समेट खटाईएको छ । शान्ति सुरक्षालाई मजबुद बनाउन नियमित चेकिङ तथा दु्रत परिचालन टोलीसमेत परिचालन गरिएको छ । 

सवारी दुर्घटना तथा यात्रु लुटिने, ठगिनसक्ने सम्भावनालाई मध्यनजर राखी सीमानाकासहित जिल्लाका पाँच स्थानमा स्वास्थ्यकर्मीसहित यात्रुसहयता कक्ष स्थापना गरिएको छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा