२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सीमा नाका बन्द हुँदा समस्या

२०७६, १८ आश्विन शनिबार ०४:१५

असोज १८, बैतडी  । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या भएको छ । दशैँका लागि घर फर्कने तथा दशैँका समयमा व्यापार व्यवसाय गर्नेलाई पनि समस्या परेको हो । 

भारतको पिथौरागढ जिल्लामा आज हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायतको निर्वाचनलाई मध्यनजर राखेर सीमा नाका बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । 

दशैँको मुखमा सीमा नाका बन्द हुँदा नेपालीलाई भने समस्या परेको छ । जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला तथा जात्रामा भारतीय बजारबाट ल्याएर सामग्री बिक्री गर्ने गरिएको भए पनि सीमा नाका बन्द हुँदा समस्या भएको दशरथचन्द नगरपालिका– १ का देवदत्त भट्टले जानकारी दिनुभयो । 

नेपाली बजारमा प्याजलगायतका तरकारीको पनि अभाव भएकाले सीमावर्ती भारतीय बजार झुलाघाटमा गएर ल्याउने गरिएकामा तीन दिनका लागि सीमा नाका बन्द हुँदा समस्या भएको उहाँले बताउनुभयो । 

यस्तै दशैँका लागि घर फर्कने नागरिकलाई सीमा नाकामा समस्या भएको छ । यस्तै बैतडीका विभिन्न स्थानमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई पनि समस्या भएको छ । चुनावका कारण सीमा नाका बन्द हुँदा समस्या भएको हो । 

बिरामी तथा आकस्मिक नाका खोल्नुपरे दुई देशबीचको आपसी समन्वयमा नाका खोल्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । हिजो बेलुका ५ः१५ बजेदेखि बन्द भएको पुल भोलि बेलुका ५ः१५ पछि खुल्ने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु