३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सुनसान बन्दै हुलाक कार्यालय

२७ आश्विन २०७६, सोमबार ०५:१५

 असोज २७, तुलसीपुर । कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो । सूचना आदान–प्रदान गर्नका लागि फोन र इन्टरनेटको प्रयोग गर्ने गरिन्छ । 

गाउँ–गाउँमा इन्टरनेट र फोनको पहुँच भएपछि चिठीपत्रको प्रयोग निकै कम हुने गरेको छ । चिठी–पत्रको प्रयोग घटेसँगै हुलाकको अकर्षणसमेत घट्दै गएको छ । हुलाकबाट सूचना गर्नुपरे महीनौँ दिन लाग्ने भएकाले पनि मोबाइल र इन्टरनेट नै बढी प्रयोग हुने गरेको हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले बताउनुभयो । 

पहिलेको तुलनामा चिठीपत्र कम आउन थालेको उहाँको भनाइ छ । व्यक्ति तथा सङ्घ संस्थाले इमेल, इन्टरनेट, फ्याक्सलगायत प्रविधिको प्रयोग गर्ने गरेकाले हुलाक कार्यालयमा चिठीपत्र कम आउन थालेका हुन् । अहिले हुलाकमार्फत व्यक्तिगत चिठी एकदमै कम आउने गरेको छ । छिटफुट रुपमा संस्थागत चिठी आउने गरेको उहाँको भनाइ छ ।  

हुलाक कार्यालय दाङबाट दैनिक १५० को हाराहारीमा चिठीपत्र आउने तथा जाने गरेका छन् । हाल हुलाक कार्यालय दाङले चिठीपत्र दर्ता, टिकट बिक्री, हुलाक, बैंक सेवा, धनादेश सेवा, ५०० वाट क्षमताका एफएम रेडियो नवीकरण, रोयल्टी, केवल टेलिभिजन नेटवर्कको नवीकरण, तथा रोयल्टी बुझ्ने, सूचना हक कार्यान्वयन गर्ने गराउने, जिल्लाका सबै सार्वजनिक निकायमा सूचना अधिकारी तोक्न लगाउने, नागरिक बडापत्र राख्न लगाउने तथा त्यसको अनुगमन गर्ने कार्य गर्दै आएको उहाँले बताउनुभयो । 

हुलाकबाट ४५ लाखको टिकट बिक्री

हुलाक कार्यालय दाङले गएको आर्थिक वर्ष २०७५÷०७६ मा रु ६० लाख १३ हजार ३०० राजश्व सङ्कलन गर्न सफल भएको छ । जसमा रु ४५ लाखको टिकट बिक्री गर्न सफल भएको जिल्ला हुलाक कार्यालय दाङका कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ