२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी दिनमा टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने

२०७६, ४ कार्तिक सोमबार ०२:५०

कात्तिक ४, काठमाडौँ | आगामी दिनमा टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने भएको छ । लामो समय फोहर थुपारेर राख्दा वातावरण प्रदूषणको समस्या उत्पन्न भएपछि काठमाडौँ महानगरपालिकाले केही समयका लागि फोहर राखे पनि यसअघिजस्तो लामो समय फोहर नराख्ने जनाएको छ । 

कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले अबदेखि ट्रान्सफर स्टेशनमा फोहर जम्मा गरेर नराख्न र सोहीअनुरुप काम गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ । विगतका समयमा काठमाडौँ शहरका सडक र गल्ली–गल्लीका फोहर महीनौँसम्म ट्रान्सफर स्टेशनमा राख्ने गरिएको थियो । सङ्कलित फोहरलाई ठूला सवारी साधनबाट नुवाकोटस्थित ल्याण्डफिल साइटमा व्यवस्थापन गर्दै आएको थियो । 

कामपाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले  प्राविधिक समस्या मिलाउनुपर्यो भने एक दिनसम्म राख्न सकिन्छ । त्योभन्दा बढी ट्रान्सफर स्टेशनमा फोहर नबस्ने बताउनुभयो । 

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी र फोहर राख्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैँचा बनाएर फोहरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा