२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनाको भर्ना छनोट प्रक्रियामा आर्थिक लेनदेन र अनियमितता गर्नेलाई कारवाही

२०७६, ६ कार्तिक बुधबार ०७:०७

कात्तिक ६, काठमाडौँ | नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ । सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वाटरमा नक्कली परिचयपत्र बनाइ किर्ते गरेको आशङ्कामा तीन र श्री नं छ  बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन भएको आशङ्कामा एक सैनिकलाई निगरानीमा राखी अनुसन्धान शुरु गरिएको छ । 

यसैगरी भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाइ परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार छ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई सुर्खेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अनुसन्धान शुरु गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो कार्यमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताइएको छ ।   

सैन्य भर्ना केन्द्र श्री नं २४ बाहिनी अड्डा, जुम्ला तथा श्री नं छ बाहिनी अड्डा, कैलालीमा पनि परीक्षा दिन लगेकाका चार नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ । त्यस्तै वास्तविक उम्मेदवारको खोजी भइरहेको र अन्य तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न चार गैरसैनिकलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेदेखि भर्ना छनोट प्रक्रियालाई स्वच्छ, निष्पक्ष, स्वस्थ र प्रतिस्पर्धात्मक बनाइ नेपाली सेनामा योग्य व्यक्तिले  सेवा गर्ने अवसर नगुमाओस् भन्नेमा जोड दिँदै आउनु भएकाले  सोही बमोजिम गत वर्षदेखि भर्ना छनोट प्रक्रियालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रमा भेरिफिकेसन डेस्क राखी बायोमेट्रिक उपकरणमार्फत खराबी नियन्त्रण गर्ने गरिएको छ । यसले भर्ना छनोट प्रक्रियामा हुने अनियमितता कमी हुनाका साथै त्यस्ता कारवाहीले सङ्गठन शुद्धिकरण अभियानमा समेत टेवा पुग्ने नेपाली सेनाको विश्वास छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा