२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका तीन जनाको हत्या प्रकरण: एक जना पक्राउ

१३ कार्तिक २०७६, बुधबार १५:१९

कात्तिक १३, बैतडी | यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो ।

रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बिरा बोहरा र पुर्चौडी नगरपालिका–४ भटना तडिखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा बीभत्स रुपमा शव फेला परेको थियो । पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानका लागि भारत पठाएका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । 

पक्राउ परेका बोहराले आफूले नै तीनै जनाको हत्या गरेको स्वीकार गरेको भारतीय प्रहरीलाई उद्धृत गर्दै प्रहरी सहायक निरीक्षक महराले बताउनुभयो । उहाँका अनुसार कात्तिक ८ गते चारै जनाले रक्सी खाएको र ढुङ्गाले टाउको हिर्काएको र त्यसपछि धनबहादुर आफैले हँसियाले उनीहरुको लिङ्ग काटेको प्रहरीलाई बयान दिएका छन् । प्रसनि  महराले भन्नुभयो, “सबैले सँगै मापसे गरेको र आफूलाई रक्सी अझै खानुपर्छ भनेको खाँदैन भन्दा नमानेको र जबर्जस्ती गरेर खुवाउन खोज्दा आफूले रक्सीले मातेको अवस्थामा ढुङ्गा र हँसिया प्रहारले तीनै जनाको हत्या गरेको धनबहादुर भारतीय प्रहरीलाई बयान दिएका छन् ।” 

यसअघि भारतीय प्रहरीले घटनामा मृतक हरिश बोहराकी श्रीमती कलावती बोहरा (किर्रा)को संलग्नता रहेको आशङ्का गरेको भएपनि कलावती उनीहरुको सामूहिक हत्या हुनुअघि नै नेपाल फर्किएको बैतडी प्रहरीलाई बताएको थियो । प्रहरीले अनुसन्धान तथा सोधपुछका लागि उनलाई कात्तिक ११ गते बझाङबाट पक्राउ गरेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिनुभयो । 

हरिश बोहराले कलावतीसँग एक वर्षअघि मात्रै विवाह गरेर मजदुरी गर्न सँगै भारत गएका थिए । कलावतीले हरिश बोहरासँग दोस्रो विवाह गरेको बुझिएको छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीले समेत प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरीको एक टोली भारतको पिथौरागढ पठाएको थियो । मृतक तीनै जनाको उनीहरुका आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन् । भारतमा सामूहिक हत्या भएपछि उनीहरुको गाउँ नै शोकमा डुबेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य