२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा द्वन्द्वपीडितलाई निःशुल्क मिटर

१५ कार्तिक २०७६, शुक्रबार १४:१२

कात्तिक १५, बैतडी | नेपाल विद्युत् प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा निःशुल्करुपमा मिटर वितरण गर्ने भएको छ । 

स्थानीय तह तथा वडाको सिफारिसका आधारमा अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण बैतडीका सुपरभाइजर माधवप्रसाद लेखकले बताउनुभयो । 

विभिन्न वडा तथा स्थानीय तहले सिफारिस गरेका व्यक्तिको नामावली सङ्कलनको काम भइरहेको र क्षेत्रीय कार्यालयबाट मिटर आउनेबित्तिकै विद्युत् मिटर उपलब्ध गराउने उहाँले बताउनुभयो । 

नयाँ विद्युतीकरण भएका ठाउँका नागरिकलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने सुपरभाइजर लेखकले बताउनुभयो । अहिलेसम्म दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाट अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितको नाम सिफारिस भएर आएको लेखकले बताउनुभयो ।

यसैबीच पाटन नगरपालिकाभित्रका ७५ जनाले निःशुल्करुपमा विद्युत् मिटर पाउने भएका छन् । नगरपालिकाभित्रका अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितलाई प्रत्येक वडामा विद्युत् मिटर वितरणको तयारी भएको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । 

नगरपालिकाका एक वडाबाट सात जना र नगरपालिकाले सिफारिस गरेका पाँच जना गरी पाटन नगरपालिकाभरिका ७५ जनाले निःशुल्करुपमा विद्युत् मिटर पाउने भएका हुन् । विद्युत् प्राधिकरणको कार्यक्रमअनुसार वडा र नगरपालिकाले सिफारिस गरेका व्यक्तिको घरमा निःशुल्करुपमा विद्युत् मिटर वितरण गरिने नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य