२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपनिर्वाचन २०७६ : ‘रवीन्द्रले जस्तै सबैको मन जित्नू’

२०७६, २६ कार्तिक मंगलवार १४:४६

कात्तिक २६, पोखरा । ‘रवीन्द्रले जस्तै काम गरे, सबैको मन जिते, हामी तिम्रै साथमा छौँ,’ विद्या भट्टराई अधिकारीलाई एक ज्येष्ठ नागरिकले दिएको आशीर्वाद हो, यो ।

पोखरा–२१ र १७ को सिमानामा रहेको फुस्रेखोला पुलको मुखमा स्वागतका लागि उपस्थित जनताको बीचबाट ९३ वर्षीय छवि पहारीले नेकपाका उम्मेदवार विद्याको शिरमा हात राखेर भन्नुभयो, “रवीन्द्र र जनताको सपना पूरा गर्ने जिम्मेवारी अब तिमीमा आएको छ ।”  

पोखरा–२१ लगायतले समग्र पोखराको विकास निर्माणमा रवीन्द्रको महत्वपूर्ण योगदानको स्मरण गर्दै स्थानीयवासी हरि अधिकारीले रवीन्द्रकै कारण यस ठाउँमा विकास सम्भव भएको सुनाउनुभयो ।

कम्युनिष्टले बीउ रोपेर मलजल गरेको पोखराको ऐतिहासिक एवं रमणीय स्थान निर्मल पोखरी र कृष्ती नाच्नेचौरको सडक, खानेपानी, विद्युतीकरणलगायतका विकास निर्माणमा रवीन्द्रको योगदान जनताले कहिल्यै नभुल्ने उहाँको भनाइ थियो ।

घरदैलो कार्यक्रमपश्चात् आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार विद्या भट्टराई अधिकारीले जित हासिल गरेपछि जनचाहनालाई शिरोपर गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

परिवार र पार्टीले दिएको ज्ञान अँगालेर जनताकै हितमा जीवन समर्पण गर्ने बताउँदै उहाँले भन्नुभयो, “जनता र राष्ट्रभन्दा माथि कोही छैन, जसको निम्ति म कुनै पनि चुनौतीको सामना गर्न तयार छु ।”रवीन्द्र अधिकारीले देखेका अधुर सपना पूरा गर्न आफूलाई पार्टीले उम्मेदवार बनाएको बताउँदै उहाँले त्यसका लागि सबै जनताको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष तथा प्रदेशसभा सदस्य कृष्ण थापाले नेतृत्व र कार्यकर्तातह सङ्गठित भएर लाग्न सके मात्र जित सुनिश्चित हुने विश्वास व्यक्त गर्दै योग्य, सक्षम, युवा र प्राज्ञिक व्यक्तिलाई नेकपाले उम्मेदवार बनाएको बताउनुभयो ।

प्रदेशसभा सदस्य तथा युवानेता राजीव पहारीले मुलुकका तीनै तहका सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा जुटेको उल्लेख गर्दै सरकारले गरेको उपलब्धिलाई जनतासमक्ष पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पोखरा महानगरका अध्यक्ष दीपक पौडेल, पोखरा–२१ का वडाध्यक्ष खगराज आचार्य, नेकपा पोखरा–२१ का अध्यक्ष कृष्ण थापामगरलगायतका नेता एवं कार्यकर्ता जनताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त हुनुहुन्थ्यो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएसँगै उपनिर्वाचन हुन लागेको यो मुलुकको एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी दर्तासँगै निर्वाचन क्षेत्रअन्तर्गत पोखराका ११ वटै वडामा निर्वाचन सम्पर्क कार्यालयसमेत स्थापना गरी नियमित सञ्चालन गर्दै निर्वाचन प्रचारप्रसारलाई तीव्रता दिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण