२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकको सुखद् भविश्यका लागि सामाजिक सुरक्षा : मन्त्री विष्ट

२०७६, ३० कार्तिक शनिबार १५:२४

कात्तिक ३०, काठमाडाँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकलाई सम्पूर्ण सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको भन्दै सहभागिताका लागि आग्रह गर्नुभएको छ । 

मानव संशाधन समाज नेपालको सहकार्यमा सामाजिक सुरक्षा कोषले आज यहाँ आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषः अन्तिम समय सङ्केत’ विषयक छलफलमा उहाँले श्रमिकको सुखद् भविश्यका लागि योजना ल्याइएको प्रष्ट पार्नुभयो । “नेपालमा सरकारी सेवामा मात्र निवृत्तिभरण प्राप्त गर्ने अवस्था छ”, मन्त्री विष्टले भन्नुभयो, “अब निजी क्षेत्रका कामदारले पनि वृद्धावस्थामा निवृत्तिभरण पाउने व्यवस्था गरिएको छ ।”

कोषमा आबद्ध भएपछि दुर्घटनामा परेका श्रमिकका परिवारले आर्थिक सहायता प्राप्त गर्न थालिसकेको जानकारी दिँदै उहाँले अब श्रमिकको परिवारको अनिश्चित भविश्यको अन्त्य भएको बताउनुभयो । संविधानले नै प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हकको प्रत्याभूति गराएको अवस्थामा सबै श्रमिक सामाजिक सुरक्षामा सहभागी हुुनुको विकल्प नभएको उहाँको भनाइ थियो ।

सामाजिक सुरक्षा योजना सरकारको मात्र नभएर आमश्रमिक, जनता र देशकै साझा अभियान भएको उल्लेख गर्दै मन्त्री विष्टले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । “सबै श्रमिक योजनामा सहभागी हुनुपर्छ, यो आम श्रमिकको हितमा छ”, योजनाको महत्व बुझाउँदै मन्त्री विष्टले भन्नुभयो, “अब यो योजना जनताको हितमा छ भनेर अभियान चाल्नु आवश्यक छ ।”

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योजनामा सहभागिताबाट योगदानकर्ताले प्राप्त गर्ने लाभका बारेमा जानकारी गराउनुभएको थियो । कोषमा हालसम्म करीब १० हजार प्रतिष्ठान र एक लाख १० हजार श्रमिक सूचीकृत भइसकेका छन् ।

झण्डै रु १४ करोड योगदान रकम सङ्कलन भइसकेको कोषले जनाएको छ । कोषमा योगदान शुरु गरेर मृत्यु भएका दुई श्रमिकको परिवारले आर्थिक सहायता प्राप्त गर्न थालिसकेका छन् । आगामी मङ्सिर १४ गतेसम्म कोषमा सूचीकृत हुने समयावधि तोकिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु