2026-09-13 09:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर

मङ्सिर ७, डोटी | नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका चाडका बेला पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन् । 

दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किनका लागि गाउँ छाड्न शुरु गरिसकेका छन् । उनीहरु फर्किन थालेसँगै यहाँका ग्रामीण बस्तीमा चहलपहल हुन छाडेको डोटीको जोरायल गाउँपालिकाका स्थानीय तथा शिक्षक निर्मल रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “परदेश गएका चाडबाडमा घर आएका कारण गाउँमा रमाइलो थियो, अहिले उनीहरु फर्किन थालेपछि यहाँका गाउँघर प्रायः सुनसान हुन थालेका छन् ।”

पढ्न शहर छिरेका र जिल्ला बाहिर जागीर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका हुन् । आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि जिल्लामा सञ्चालन हुने सवारीसाधनमा समेत चाप बढेको शैलेश्वरी यातायातका रुटपरमिट इञ्चार्ज प्रेम रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबार जिल्ला बाहिर फर्किनेका कारण यातयातका साधन भरिभराउ हुन थालेका छन्, हामीसँग पर्याप्त सवारीसाधन नहुँदा केही समस्या हुँदै आएको छ ।” जिल्ला बाहिर फर्किनेको सङ्ख्या बढी हुन थालेपछि अहिले डोटीबाट बाहिरी जिल्लाका लागि गाडी पाउन सकस हुने गरेको यात्रु बताउँछन् ।

दशैँ र तिहारमा रमाइलो रहेका सुदूरपश्चिमका डडेल्धुरा, अछाम, बझाङ, बैतडी, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा विस्तारै रौनक हराउन थालेको दिपायलका स्थानीय तथा सुदूरपश्चिम बस व्यवसायी समिति डोटीका प्रमुख दुर्गा पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “घर फर्किएका स्थानीय गाउँ छोड्न थालेका छन्, यहाँका गाँउमा बालबालिका र वृद्धवृद्धामात्र हुने भए ।” यहाँका गाउँघरमा पढ्न बजार छिरेका तथा रोजगारीका लागि जिल्ला बाहिर गएका स्थानीय प्रायः वर्षको एक पटक दशैँ तिहारको बेला मात्रै गाउँघर आउने गर्दछन् । 

दशैँका बेला सुनसान देखिएका यहाँका पहाडी जिल्लाका सदरमुकाममा भने अहिले चहलपहल शुरु भए भएको छ । दशँै र तिहार गाउँमात्र होइन सदरमुकामबाट बाहिरिनेको सङ्ख्या धेरै हुने हुँदा यहाँका सदरमुकाम केही हप्ता सुनसान रहेका थिए । अहिले भने यहाँका सदरमुकामका पसल, कार्यालय तथा सार्वजनिक स्थानमा एकाएक चहलपहल बढेको होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडबाड र जात्राले केही हप्ता यहाँका सदरमुकाम सुनसान थिए अहिले गाउँघर गएका शहर फर्किन थालेपछि बजारमा चहलपहल बढेको छ ।” त्यस्तै चाडबाड मनाउन डोटीबाट आफ्ना घर गएका कर्मचारीसमेत अहिले जिल्लास्थित आफ्नो कार्यालयमा फकिएपछि सरकारी कार्यालय पनि कर्मचारीले भरिभराउ भएका छन् । 

यहाँका गाउँघरबाट युवा तथा कर्मचारी आफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि गाउँघर महिला, बालबालिका तथा वृद्धका भरमा रहेका छन् । गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दा पर्दासमेत मलामी जाने मान्छे पनि नहुँने अवस्था भएको केआइसिंह गाउँपालिकाका स्थानीय चेतराज भट्टले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन