Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ मंसिर २३ गते, बिहान ११:४२ बजे काठमाडौँ - KTM, कैलाली - KLL, समाज

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर २३, कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ । बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।</p><p>मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रमा लिएको बताइएको छ ।</p>