२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान

२६ मंसिर २०७६, बिहीबार ०८:३४

मंसिर २६, बैतडी | बैतडीमा पहिलोपटक टिलापिया जातको एकलिङ्गीय माछाको उत्पादनमा अनुसन्धान गरेको छ। गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीले उक्त अनुसन्धान गरेको हो। स्नातक तहमा गरिने प्रयोगात्मक अनुसन्धानअन्तर्गत महेश बुढामगर, सुशान्त चौधरी, वीरेन्द्र चौधरी, करुणा सापकोटा र लक्ष्मी भण्डारीको टोलीको टिलापिया जातको एकलिङगीय माछामा अनुसन्धान गरेका हुन्। 

सय दिन लगाएर गरिएको अनुसन्धानले टिलापिया जातको माछा उत्पादनका लागि बैतडी जिल्ला उपयुुक्त रहेको देखिएको अनुसन्धानमा सहभागी महेश बुढामगर बताए। उक्त माछाको उत्पादनका लागि पानीको तापक्रम करिब २५ देखि ३० डिग्री सेल्सियसको उपयुक्त हुने अनुसन्धानबाट देखिएको उनले बताए।

यो जातको माछाको माग उच्च रहेको बताइएको छ। विशेषत टिलापिया माछामा काडा नहुने भएको हुँदा वृद्ध, बच्चा जसले पनि सजिलै खान सक्ने हुँदा यसको माग उच्च हुने गरेको छ। स्थानीय बजारमा यो जातको माछा प्रतिकिलो रु ५०० बिक्री भइरहेको छ। नदी, खोलानालाका माछा मारेर खाने चलन बनाएका स्थानीय किसान हाम्रो यो सानो प्रयासले गर्दा माछापालनप्रति आकर्षित भएका छन् र माछापालनबाट पनि जीवनोस्तर उकास्न सकिन्छ भन्ने कुरा सिकेका छन्। एकलिङ्गीय टिलपिया माछाको वृद्धिदर अरुभन्दा चाँडो हुने सङ्केत देखिएको छ। 

द्विलिङ्गीय हुँदा पोखरीमै प्रजनन गर्ने गर्दछन् जसले गर्दा उनीहरुको सामर्थ प्रजनन हुँदा अधिकतम मात्रामा प्रयोग हुने गर्दछ। तर एकलिङ्गीय माछाको कुनै सामर्थ अनावश्यक खेर नजाने र शरिर वृद्धिमै प्रयोग हुने गरेको अनुसन्धानले देखाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य