हिमपात र बर्षाका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित, सवारीसाधन अलपत्र

Posted on: 13 Dec, 2019

मंसिर २७, बैतडी | हिजो राति देखि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा अविरल बर्षासंगै हिमपात परेको छ | आज बिहानै देखि बैतडी, डडेल्धुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली र लेकाली भेगमा हिमपात भईरहेको छ |

हिमपातका कारण यातायात सेवा अवरुद्ध हुनुको साथै जनजीवन प्रभावित बनेको छ | हिमपातका कारण सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताएका छन् | उनका अनुसार बैतडी, डडेल्धुरा लगायतका जिल्लाबाट छुट्ने र भित्रिने सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् |

यस्तै प्रदेशको तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पनि गएरातीदेखि भईरहेको वर्षाका कारण चिसो बढे संगै जनजीवन प्रभावित भएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!