२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिउँमय कर्णाली

२०७६, २८ मंसिर शनिबार ०९:४१

रेशमराज रोकाया | मङ्सिर २८, हुम्ला | पश्चिमी वायुको प्रभाव कर्णालीका सबै जिल्लामा हिमपातको उत्तिकै प्रभाव परेको छ । सबै जिल्लामा हिउँ र पानीले नै अत्याधिक चिसोको महशुस गराएको छ । तापक्रम ३ दिन सम्मको हिउँ र पानीको कारण माईनस १६ सम्म पुगेको छ । जनजीवन अत्यन्त कष्टकर बनाएको छ । 

हिउँको कारण सबैजसो गारेटो बाटो बन्द भएका छन् र एक ठाउँबाट अर्को ठाउँ जानको लागि कठिनाई भएको छ । चिसोले नियमित जनजीवन नै प्रभावित भएको छ । पशु चौपायालाई चरन क्षेत्रको अभाव भएको छ । कार्तिकमा काटेर सुख्खा बनाईएको घाँसको भरमा स्थानियले पशुलाई पालि रहेका छन् । खान पकाउन र खानेपानी पनि बरफको कारणले जम्दा अझ समस्या स्थानियलाइृ भएको छ । हिउँ कर्णालीका सबै जसो बस्तीमा बाक्खो जमेको छ । हुम्लामा ३ फिट हिउँ जम्दा अझ समस्या भएको छ । जुम्ला, मुगु, कालिकोट, डोल्पाका अधिकाँश भुभागमा पनि हिउँ जम्मा समस्या अत्याधि भएको स्थानियले जनाएका छन् ।


लगातार तिन दिन सम्म हिउँ र पानीले गर्दा स्थानिय किसानलाई भने राहत भएको छ । किसानले मंसिरमा खेती गरेको जौ, उवा, गौं प्रजातीका बालीनालीको लागि सिचाई हुँदा अत्याधिक खुसी व्यक्त गरेका छन् । हुम्लाको सिमकोट भन्दा टाढा रहेका सुरक्षा चौकी, विद्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी र गैरसरकारी कार्यलयमा काम गर्न अति नै कठिन भएको छ । उत्तरी गाउँपालिका मुचुमा रहेको सुरक्षार्कीलाई सदरमुकाम सिमकोटसँग कुनै न कुनै उपायले जोडिन कठिन भएको छ । नाम्खा गाउँपालिकाका बासिन्दा अब सदरमुकाम सिमकोटसँग पुरै सम्पर्क विच्छेद भएको छ । बाटोमा करिब ५ फिट भन्दा बढी नै हिउँ जमेको कारण उनीहरु सम्पर्क विच्छेद भएका हुन् । प्रायजसो मंसिर महिनामा नाम्खाका वासिन्दा शहरी क्षेत्रमा काम गर्न र जाडो छल्न जाने भएको भएता पनि यो वर्ष सबै गाउँमा नै थन्किएर रहेको नाम्खा गाउँपालिका लिमीका बासिन्दाले बताएका छन् । उच्च भुभागमा रहेको लिमी गाउँका वासिन्दा मात्रै होईन, मुचु, यारी लगायतका वासिन्दालाई समेत नियमित जीवन यापनमा समस्या भएको छ । धारामा पानी समेत थाप्न नसकिने जाडो बढेको छ । गाउँ भन्दा टाढा गएका आफन्तजनसँग सम्पर्क विच्छेद समेत भएको छ ।


गएका वर्षमा पौष महिनादेखी हिउँ जम्न सुरु हुने भएको भएता पनि यो वर्ष मंसिर महिनामा नै दुई पटक हिमपात हुँदा कर्णालीका सबै वासिन्दालाई अत्याधिक जाडोको महशुस गराएको सर्केगाड गाउँपालिका वडा नं. ८ का स्थानिय शारदा रोकायाले जानकारी गराउनु भयो । जाडो र चरन क्षेत्रको अभावको कारण वन्यजन्तु मानव बस्ती नजिक पुगेका छन् । हिउँमा चोरी शिकारीको अत्याधिक सम्भावना हुने गरेको छ । वन्यजन्तुलाई शिकार गर्ने चलन अझै ग्रामिण बस्तीमा रहेको छ । हिउँ जब बाख्लो हुन्छ वन्यजन्तु माव बस्तीमा छिर्ने गर्छन्, मारेर मासुको उपभोग गर्ने यो हिमपातको निहुले धेरै मारिने चलनले अझ विकराल रुप लिने गरेको छ । 

बाख्लो हिउँको कारण घरको छतमा जमेको हिउँ समेत हटाउन समस्या भएको छ । जिल्ला भन्दा बाहिर जानको लागि एकमात्र सवारी साधन हिमपातको कारण नियमित उडान स्थगित भएका छन् । नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी हवाई कम्पनीका सिता, समिट र तारा ईयरले तिन दिन देखी सिमकोटमा उडान भर्न सकेका छैनन् । जसको कारणले जिल्ला बाहिर काम विशेषले जानु पर्ने यात्रु सिमकोटमा नै अलपत्र अवस्थमा रहेका छन् । जाडोको कारण विरामी, बालबालिका र वृद्धलाई अझ बढी समस्या भएको छ । जिल्लाभर यो वर्षको शैक्षिक शत्रमा वार्षि परीक्षा सञ्चालन भएको भएता पनि जाडोको कारण बालबालिकाले परीक्षामा आफ्नो दक्षता प्रकट गर्न सकिरहेको छैनन् । विशेष गरेर सिमकोट गाउँपालिकाले मंसिर २७ गतेबाट सञ्चालन गरेको वार्षिक परीक्षामा लेख्न नै नसक्ने अवस्थामा विद्याथीृ रहेको मानसरोवर नमुना माध्यमिक विद्यालय, सिमकोटका विद्यार्थी प्रमिला बोहराले बताउनु भयो । हरेक वर्ष केही समय अगाडी नै परीक्षा सुरु हुने गरेको भएता पनि यो वर्ष गाउँपालिकाले ढिलो समयतालिका सार्वजनिक गर्दा विद्यार्थीलाई समस्या भएको बताएका छन् । 


माथिको तश्वीरमा: बाख्लो हिउँ जमेको हुम्लाका विभिन्न बस्ती । तश्वीर: रेशमराज रोकाया

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै