२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता

४ पुष २०७६, शुक्रबार ०७:०१

पुस ४, हुम्ला | हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे  र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन् |

ती समुदायका युवायुवतीले पढाइमा भन्दा व्यापार व्यवसायमा बढी चासो दिने भएकाले वीचमा नै  पढाइ छाड्ने क्रम बढेको हो ।  लामा समुदायमा पढाइको महत्व कमै देखिने गरेको छ । पाँचदेखि सात, आठ कक्षासम्म पढाइ गर्ने त्यसपछि सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी रहेको छ । ‘पढेर के हुन्छ सम्पति कमाउनु पर्छ, धनी हुनुपर्छ’ भन्ने पुरानो सोचाइले पनि अध्ययनमा चासो नदिएको बताइन्छ ।

सिमकोट गाउँपालिका–३ का च्याबुटी लामाले विवाह भन्ने के हो भनेर थाहा नपाउँदै १३ वर्षमा मागी विवाह गरेको बताए । उनले भने “ एक छोरा, एक छोरी रहेको छन् ।  सानै उमेरमा आमा बन्नुपरेकाले आफ्नो बालपन कसरी बित्यो थाहा छैन ।” लामा समुदायमा मागी विवाह गर्ने चलन  कायम रहेको छ |

‘छोरी मान्छेलाई पढ्न पठायो भने आफ्नो जात छोडछन् ,समाजमा नराम्रो हुन्छ’ भन्ने पुरानो सोचले आफूहरु पढ्नबाट वञ्चित भएको लामाले गुनासो गरे ।  आफ्नो रीतिरिवाजलाई बचाउन र संस्कार छोड्न नसक्दा लामा समुदायमा बढी बालविवाह हुने  गरेको बताइएको छ |

महिला कल्याण सेवाका कार्यकारी निर्देशक लक्ष्मी लामा “ लामा समुदायमा शिक्षाको धेरै आवश्यकता रहेको छ । शिक्षा विना महिला हिंसा, बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा कम हुन सक्दैन । ” 

लामा समुदायका महिलाको शिक्षामा पहुँच बढाउनका लागि दाइजो र काम सिकाउने होइन शिक्षामा जोड दिनुपर्ने उनले सुझाव दिन्छन् । 

सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतले बालविवाह अन्त्यका लागि छोरीलाई मासिक रु ५०० भत्ता दिने कार्य प्रभावकारी हुने बताए । हुम्लासहित कर्णालीका दशवटै जिल्लामा बालविवाह न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले मासिक रु ५००  प्रदान गर्ने निर्णय गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल