सुदूरपश्चिममा बर्षा र हिमपातको सम्भावना

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौँ | सुदूरपश्चिम लगाएत आज देशै भरिका स्थानहरुमा बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |  पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ |

महाशाखाका अनुसार अहिले सुदूरपश्चिमको डेडेलधुरा, डोटी, बैतडी आसपासका क्षेत्रमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परिरहेको छ | शुक्रबार देशभरि कै मौसम बदली हुने तथा विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ |

र्षा र हिमपात भएसँगै देशभरि नै चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न महाशाखाले आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!