२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा जापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप अभियान हुने

२०७३, २० बैशाख सोमबार ११:०६

प्रज्वल पौडेल/ बैशाख २०, रामेछाप ।
रामेछाप जिल्लामा जापानिज इन्सेफ्लाइटिस भाइरस विरुद्ध खोप अभियान हुने भएको छ । वैशाख २६ र
जेठ ३ गते गरी दुई चरणमा खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार पत्रकार सम्भेलन
गरि जानकारी दिएको छ ।
|
रामेछापका ५ सय ५ खोपकेन्द्र मार्फत् १५ वर्ष मुनिका बालबालिकालाई भाइरस
विरुद्धको खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाश प्रसाद शाहले जानकारी
दिनुभयो । शाहाका अनुसार पहिलो चरणमा वैशाख २६ गतेदेखि जेठ २ गतेसम्म मन्थली, भलुवाजोर, खिम्ती,
फर्पूसहित २७ गाविसमा र दोस्रो चरणमा जेठ ३ गतेदेखि भटौली, सुनारपानी, सुकाजोर, तिल्पुङसहितका २८
गाविसमा खोप दिइनेछ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरस लागेका बालबालिकामा मूच्र्छा पर्ने,
काम्ने, अरुचि, ज्वरो लगायतका लक्षण देखापर्ने र समयमै उपचार हुननसक्दा मृत्युसम्म हुनेभएकाले जेइ खोप
अनिवार्य लगाउन साहले आग्रह गर्नुभयो । १ वर्ष माथिका उमेर समूहका लागि यो खोप अभियान नै अन्तिम भएको
जनस्वास्थ्य प्रमुख शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन