४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

फोरम लोकतान्त्रिकका नेता यादव सहित सयौंको संख्यामा तमसपामा प्रवेश

२० बैशाख २०७३, सोमबार ११:१३

बैशाख २०, वीरगंज

सरकार पुर्णरुपमा असफल भइसकेको –तमसपा अध्यक्ष महेन्द्र
यादव

तराई मधेस सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्वमन्त्री महेन्द्रराय
यादवले वर्तमान सरकार पुर्णरुपमा असफल भइसकेको बताउनुभयो । तमसपा पर्साद्वारा वीरगंज रानीघाट स्थित
हरीओम पार्टी प्लेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी यादवले सरकार र
प्रमुख तीन दल मधेस प्रति ईमन्दार नरहेको र पुनः मधेसीहरुलाई अधिकार र पहिचान बाट बंचित गराई दास बनाउने
चलखेल गरिरहेको आरोप लगाए ।
foram 1
नेपालको आन्तरिक उपनिवेसबाट मुक्तिका लागि मधेसीहरुले संर्घष गरिरहेको बताउदै जारी मधेस
आन्दोलन सफल नभए सम्म आन्दोलन नरोकिने बताएका थिए । २७ दलिय संघीय महागठबन्धनका नेता समेत रहेका यादवले
अबको आन्दोलन काठमाडौं केन्द्रित हुनुको साथै सरकारलाई नाकाबन्दी गर्ने बताउदै मधेसका जिल्लाहरुमा समेत
जागरण सभाहरु समेत गर्ने बताउनुभयो ।

मधेसी मोर्चा सहित गठबन्धनले उठाएको माँगहरु पुरानै भएकोले
ठुला पार्टी भनाउदाहरु मिलेर मधेसको माँग सम्बोधन नगरे देश अब मुटभेठमा जाने बताएका थिए । एक फरक
प्रसंगमा सभासद संजय साह कि श्रीमती लगायतकाले जनकपुरमा गरिरहेको शान्तिपुर्ण आन्दोलनमा साहकी श्रीमती
संग प्रहरी प्रशासनले गरेको अमानविय व्यवहारको कडा आलोचना गर्दै वर्तमान सरकार बिरुद्ध मधेसका महिलाहरु
जागरुक हुन जरुरी रहेको सुझाव दिएका थिए ।
foram 2

तमसपा पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहाको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश
कार्यक्रममा फोरम लोकतान्त्रिक पर्साका नेता बिरेन्द्र यादवको नेतृत्वमा सयौंको संख्यामा तमसपा पार्टी
प्रवेश गरेका थिए । युवा नेता बिरेन्द्र यादव सहित चिरिन्जी पटेल,जितलाल यादव,योगेन्द्र पंडित,राकेश
साह,हरिनारायण यादव,अनिल यादव,हिरालाल यादव लगायत सयौंको संख्यामा महिलाहरु पार्टी प्रवेश गरेक थिए

foram 3

पार्टी प्रवेश कार्यक्रममा
तमसपाका केन्द्रिय सह अध्यक्ष रामचन्द्र कुशवाहा,केन्द्रिय सदस्य बैद्यनाथ मधेसी,सतेन्द्र ठाकुर,रमेश
यादव,सुरेश पाण्डे, शिक्षिक फेडरेशनका अध्यक्ष लक्षुमण साह ,योगन्द्र पंडित,तमसपा पर्सा क्षेत्र नंं. १
का संयोजक बिजय पटेल,महिला नेतृ अनिता सिंह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तमसपा
पर्साका सचिव श्रीराम गिरीले सहजीकरण गरेको कार्यक्रममा बिपीन यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए

foram 4
foram

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ