Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालोपत्रको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन

२०७६, ३ फाल्गुन शनिबार ०५:३०

फागुन ३, डोटी | सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ । 

दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त सडक कालोपत्रका लागि धनगढीको देवसिंह निर्माण सेवासँग सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरले ठेक्का स्वीकृत गरेको थियो । सडक कालोपत्र नहुँदा उक्त सडक सामान्य पानी पर्दा हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुँदै आएको छ । उक्त सडक दिपायल हुँदै मौवा मेल्लेकसहित बझाङ जिल्ला जोड्ने सडक हो । सडक कालोपत्र नहुँदा सडकभरि निकै ठूला खाल्डाखुल्डी परेका कारण दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित भएका छन् । 

भ्याटसहित रु एक करोड ४९ लाख ३० हजार ९३२ ठेक्का स्वीकृत भएर विसं २०७४ कात्तिक २० गते सडक कालोपत्र गर्ने सम्झौता भए पनि उक्त निर्माण सेवाका निर्माण व्यवसायी सम्पर्कमा नआउँदा कालोपत्रको काम अलपत्र परेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरका सव–इञ्जिीनियर अभिषेक मलासीले बताउनुभयो । “निर्माण कम्पनीलाई २०७६ कात्तिक १९ सम्म गरी दुई वर्षको निर्माण सम्झौता अवधि थियो । त्यो सकिएको तीन महिना नाघिसकेको छ”, उहाँले भन्नुभयो, “सम्पर्कमा आउन बारम्बार पत्राचार गर्दासमेत ठेकेदार सम्पर्कमा नआउँदा काम अलपत्र परेको हो ।” ठेक्का सम्झोता भएको लामो समय बितिसक्दासमेत सडक कालोपत्र नहुँदा स्थानीयवासी निकै आक्रोशित भएका छन् । 

ठेकेदारको लापरवाहीका कारण फराकिलो र सफा सडक देख्ने आश गरेका स्थानीयवासी सडक कालोपत्र नहुँदा निकै निरास भएको स्थानीयवासी लालबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “काम नगर्ने ठेकेदारले किन ठेक्का लिनु, ठेकेदारको लापरवाहीले नागरिकलाई सास्ती किन दिने ।” ठेकेदार कम्पनीका दुईजना साझेदारबीचमा आपसी ‘लेनदेन’ को विवादले काम सञ्चालन हुन नसकेको स्थानीयवासीको आरोप छ । 

देवसिंह निर्माण सेवाको फर्म प्रयोग गरेर बाजुरका ठेकेदार हर्कबहादुर शाह र भूपेन्द्रसिंह धामीले एकापसमा सहकार्य गरी काम गर्ने सहमति भएको र पछि एकापसमा मेलमिलाप नभएका कारण यहाँको कालोपत्रको काम अलपत्र छोडिएको भन्ने सुनिँदै आएको अर्का स्थानीयवासी नैनसिंह कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारबीचमै आपसी मेलमिलाप नहुँदा कालोपत्रको काम अलपत्र परेको सुनिँदैछ, काम नगर्नेलाई कारवाही हुनुपर्छ ।” सडक कालोपत्र गर्ने भन्दै उक्त योजनामा ठेकेदार कम्पनीले रु ३१ लाख पेश्की लिइसकेको कार्यालयले जनाएको छ । 

कालोपत्र गर्ने ठेक्का पाएको निर्माण कम्पनी अबको १५ दिनमा सम्पर्कमा आएर काम सञ्चालन नगरे सम्झौता गरिएको ठेक्का तोडिने सव–इञ्जिनीयर मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायी १५ दिनभित्रमा सम्पर्कमा आएर काम नगरे ठेक्का सम्झौता तोडेर नयाँ बोलपत्र आह्वान गरिने छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश