२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा जनता आवास कार्यक्रम : ११० घर निर्माण हुने

२०७६, १४ फाल्गुन बुधबार ०९:३०

फागुन १४, झिमरुक । प्रदेश नं ५ सरकारले प्युठानमा जनता आवास कार्यक्रम सञ्चालन गर्दैछ । कार्यक्रममार्फत जिल्लाका विपन्न वर्गका लागि विभिन्न बस्तीमा ११० घर निर्माण हुने भएका छन् । आर्थिक वर्ष ०७६÷०७७ का लागि  जिल्लाको क्षेत्र नं. १ मा ५५ र क्षेत्र नं २ मा  ५५ घर निर्माण हुन् लागेको प्युठान क्षेत्र नं १ का प्रदेशसभा सदस्य  हरिप्रसाद रिजालले जानकारी दिनुभयो । दलित, जनजाति, विपन्न र पिछडियाका वर्गको लागि जनता आवास कार्यक्रममार्फत घर निर्माण हुने उहाँले बताउनुभयो । 

प्रतिघर तीन लाख ३० हजार बजेट 

प्रतिघर निर्माणका लागि प्रदेश सरकारले रु तीन लाख ३० हजारका दरले बजेट छुट्याएको छ । उक्त घरको लागि २० प्रतिशत स्वयं व्यक्तिको श्रमदान रहने छ । नयाँ बन्ने घरमा दुई कोठा ब्रण्डासहित शौचालयसमेत हुने रिजालले बताउनुभयो ।  विपन्न परिवारको व्यक्तिगत जग्गा भएकाको उनीकै जग्गामा र नभएकाको पालिकास्तरबाट त्यसको व्यवस्थापन गर्न सकिने रिजालले बताउनुभयो । 

जनता आवासमार्फत अब बन्ने घर चालु आर्थिक वर्षको असारसम्म निर्माण हुनुपर्नेछ । चालु आवमै विपन्न परिवारलाई हस्तान्तरण गरिने प्रदेशसभा सदस्य रिजालले बताउनुभयो ।  पालिकाको निर्णय र प्राविधिकले अनुगमन गरेपछि घर निर्माणको कार्य शुरुआत हुनेछ । सदस्य रिजालले आगामी दिनमा भएगरेका कामको कमीकमजोरी औँल्याउँदै अझ जिल्लामा प्रभावकारी कार्यक्रम ल्याउने योजना भएको बताउनुभयो । जिल्लामा कुन कुन ठाउँका विपन्न परिवारलाई घर बनाइदिने निर्णयसहित प्रदेश सरकारसँग माग गरेको उहाँको भनाइ छ ।

जिल्लाका यी क्षेत्रमा निर्माण हँुदै घर 

प्युठान क्षेत्र नं १ अन्तर्गत प्युठान नगरपालिका–३  विजयनगरमा दलित बस्तीमा  ११, स्वर्गद्वारी नगरपालिका–८ चाल्नेटारमा १२, ऐरावती गाउँपालिका–१ दाङवाङको खल्नेटामा १४,  सरुमारानी गाउँपालिका–१, २, ३ र ४ मा पनि १८ वटा नयाँ घर निर्माण हुने भएका छन् ।

यसैगरी क्षेत्र नं. २ अन्तर्गत गौमुखी गाउँपालिका–४ पुँजामा १५, गौमुखी गाउँपालिका–६ लिवाङमा सात, झिमरुक गाउँपालिका–७ मा १५, प्युठान नगरपालिका–८ मा १३ घर निर्माण गरिने प्रदेशसभा सदस्य रिजालले बताउनुभयो । यस्तै प्युठान नगरपालिका–७ मा पनि पाँच वटा लक्षित वर्गका लागि नयाँ घर निर्माण हुने उहाँको भनाइ छ । 

अघिल्लो वर्ष २६ घर लक्षित वर्गलाई हस्तान्तरण

गत वर्ष प्रदेश सरकारको बजेटमार्फत जिल्लामा २६ नयाँ घर निर्माण भएका थिए । निर्माण गरिएका घर लक्षित वर्गलाई हस्तान्तरण गरिसकेको प्रदेशसभा सदस्य रिजालले जानकारी दिनुभयो । गत वर्ष जिल्लाको सरुमारानी गाउँपालिकाअन्तर्गतका बस्तीमा १८ र नौवहिनी गाउँपालिका– ५ मा आठ घर निर्माण भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा