९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा जनता आवास कार्यक्रम : ११० घर निर्माण हुने

१४ फाल्गुन २०७६, बुधबार ०९:३०

फागुन १४, झिमरुक । प्रदेश नं ५ सरकारले प्युठानमा जनता आवास कार्यक्रम सञ्चालन गर्दैछ । कार्यक्रममार्फत जिल्लाका विपन्न वर्गका लागि विभिन्न बस्तीमा ११० घर निर्माण हुने भएका छन् । आर्थिक वर्ष ०७६÷०७७ का लागि  जिल्लाको क्षेत्र नं. १ मा ५५ र क्षेत्र नं २ मा  ५५ घर निर्माण हुन् लागेको प्युठान क्षेत्र नं १ का प्रदेशसभा सदस्य  हरिप्रसाद रिजालले जानकारी दिनुभयो । दलित, जनजाति, विपन्न र पिछडियाका वर्गको लागि जनता आवास कार्यक्रममार्फत घर निर्माण हुने उहाँले बताउनुभयो । 

प्रतिघर तीन लाख ३० हजार बजेट 

प्रतिघर निर्माणका लागि प्रदेश सरकारले रु तीन लाख ३० हजारका दरले बजेट छुट्याएको छ । उक्त घरको लागि २० प्रतिशत स्वयं व्यक्तिको श्रमदान रहने छ । नयाँ बन्ने घरमा दुई कोठा ब्रण्डासहित शौचालयसमेत हुने रिजालले बताउनुभयो ।  विपन्न परिवारको व्यक्तिगत जग्गा भएकाको उनीकै जग्गामा र नभएकाको पालिकास्तरबाट त्यसको व्यवस्थापन गर्न सकिने रिजालले बताउनुभयो । 

जनता आवासमार्फत अब बन्ने घर चालु आर्थिक वर्षको असारसम्म निर्माण हुनुपर्नेछ । चालु आवमै विपन्न परिवारलाई हस्तान्तरण गरिने प्रदेशसभा सदस्य रिजालले बताउनुभयो ।  पालिकाको निर्णय र प्राविधिकले अनुगमन गरेपछि घर निर्माणको कार्य शुरुआत हुनेछ । सदस्य रिजालले आगामी दिनमा भएगरेका कामको कमीकमजोरी औँल्याउँदै अझ जिल्लामा प्रभावकारी कार्यक्रम ल्याउने योजना भएको बताउनुभयो । जिल्लामा कुन कुन ठाउँका विपन्न परिवारलाई घर बनाइदिने निर्णयसहित प्रदेश सरकारसँग माग गरेको उहाँको भनाइ छ ।

जिल्लाका यी क्षेत्रमा निर्माण हँुदै घर 

प्युठान क्षेत्र नं १ अन्तर्गत प्युठान नगरपालिका–३  विजयनगरमा दलित बस्तीमा  ११, स्वर्गद्वारी नगरपालिका–८ चाल्नेटारमा १२, ऐरावती गाउँपालिका–१ दाङवाङको खल्नेटामा १४,  सरुमारानी गाउँपालिका–१, २, ३ र ४ मा पनि १८ वटा नयाँ घर निर्माण हुने भएका छन् ।

यसैगरी क्षेत्र नं. २ अन्तर्गत गौमुखी गाउँपालिका–४ पुँजामा १५, गौमुखी गाउँपालिका–६ लिवाङमा सात, झिमरुक गाउँपालिका–७ मा १५, प्युठान नगरपालिका–८ मा १३ घर निर्माण गरिने प्रदेशसभा सदस्य रिजालले बताउनुभयो । यस्तै प्युठान नगरपालिका–७ मा पनि पाँच वटा लक्षित वर्गका लागि नयाँ घर निर्माण हुने उहाँको भनाइ छ । 

अघिल्लो वर्ष २६ घर लक्षित वर्गलाई हस्तान्तरण

गत वर्ष प्रदेश सरकारको बजेटमार्फत जिल्लामा २६ नयाँ घर निर्माण भएका थिए । निर्माण गरिएका घर लक्षित वर्गलाई हस्तान्तरण गरिसकेको प्रदेशसभा सदस्य रिजालले जानकारी दिनुभयो । गत वर्ष जिल्लाको सरुमारानी गाउँपालिकाअन्तर्गतका बस्तीमा १८ र नौवहिनी गाउँपालिका– ५ मा आठ घर निर्माण भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’