आज साउन १ गते अर्थात साउने संक्रान्ति जुम्लामा आजको दिन लुतो फाल्ने राँका हाल्ने लगायतका कार्यहरु गर्दै साउने संक्रान्ति धुमधामका साथ मनाइन्छ ।

सौर्यमान अनुसार साउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आज साउन १ गते अर्थात साउने संक्रान्ति जुम्लामा आजको दिन लुतो फाल्ने राँका हाल्ने लगायतका कार्यहरु गर्दै साउने संक्रान्ति धुमधामका साथ मनाइन्छ ।

सौर्यमान अनुसार साउ"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा साउने संक्रान्ति धुमधामका साथ मनाइदै

२०७३, १ श्रावण शनिबार ०४:२५


नन्दराम जैशी | साउन १, जुम्ला | आज साउन १ गते अर्थात साउने संक्रान्ति जुम्लामा आजको दिन लुतो फाल्ने राँका हाल्ने लगायतका कार्यहरु गर्दै साउने संक्रान्ति धुमधामका साथ मनाइन्छ ।

सौर्यमान अनुसार साउने संक्रान्ति अर्थात आजका दिनदेखि सूर्य मिथुन रासिबाट कर्कट रासिमा प्रवेश गर्ने भएकोले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । जुम्लामा आज लुतो फाल्नुका साथै महिना सुनाउने पनि गरिन्छ । वर्षाको काम सकेर हिलो मैलो पखालि भोज खाने चलन पनि छ । असारे हिलोबाट आउन सक्ने रोगबाट बच्न सफा सुग्घर भएर लुतो फाल्ने गरिएको ज्योतिष पण्डित विष्णु प्रसाद उपाध्यायले बताउनुभयो । खेतबारीबाट लुते झारलाई ल्याइ घरको आँगनमा गाइको गोबरले लिपेर दिप राँका अर्थात अग्नीको ज्वालालाई शिरमा घुमाएर कण्डारक राक्षसका नाममा फालिने उहाँको भनाइ छ । लुते झारले शरिर पुछेर फाल्दा रोगहरु निको हुने र शरिरमा स्फुर्ति आउने परम्परागत मान्यता छ । जुम्लामा आज साँझ सबैका घरमा राँका हाल्ने पनि चलन छ । राँका हाल्दा दाउरालाई चिरेर सानो सानो बनाएर घरको छतमा आगो बाल्ने र पारिपट्टिको गाउँतर्फ फर्किएर लुतो लैजाउ भन्दै रमाइलो गरी गाली गर्ने गरिन्छ । साउनमा विशेषगरि सोमबारको दिनलाई महत्वपूर्ण मानिन्छ । विवाहित महिलाले साउनको संक्रान्तिदेखि महिनाभर सौभाग्यको प्रतिक बस्त्र पहिरने र साउन महिनाभर सोमबारको दिन ब्रत बसि शिवजीको पुजा गर्ने गरीएको ज्योतिष पण्डित विष्णु प्रसाद उपाध्यायले बताउनुभयो ।

साउनमा भगवान शिव पार्वतीसँग लुकेर बसेको र पछि पार्वतीले ज्योतिर्लिङ्ग स्थापना गरि त्यसको पुजा गर्न थालेपछि शिव प्रकट हुनु भएको मान्यताका आधारमा हिन्दु महिलाले आफ्ना पतिको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै शिवको पुजा आराधना गर्ने गर्छन् । अविवाहित महिला पनि शिव जस्तै सुयोग्य वर प्राप्तिको कामना सहित सोमबारको ब्रत बस्छन् । यो अवधिमा महिलाले रातो, पँहेलो, हरियो बस्त्र, हातमा मेहन्दी र हरियो चुरा लगाउँछन् । आजैदेखि सूर्य दक्षिणायन हुने भएकोले देवताका रात र पितृका दिन हुन्छन् भन्ने मान्यता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह