नन्दराम जैशी/साउन १, जुम्ला । जुम्ला कुडारी गाविसको निमावि नाभिडाँडामा खानेपानी अभावका कारण शौचालय प्रयोग बिहिन हुँदा महिनावारी हुने छात्रालाई समस्या भएको छ । 


खानेपानी अभावले विद्यालयमा रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/साउन १, जुम्ला । जुम्ला कुडारी गाविसको निमावि नाभिडाँडामा खानेपानी अभावका कारण शौचालय प्रयोग बिहिन हुँदा महिनावारी हुने छात्रालाई समस्या भएको छ । 


खानेपानी अभावले विद्यालयमा रहेक"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विद्यालयका शौचालय प्रयोग बिहिन भएपछि महिनावारी हुने छात्रालाई समस्या

२०७३, १ श्रावण शनिबार ०५:४८

नन्दराम जैशी/साउन १, जुम्ला । जुम्ला कुडारी गाविसको निमावि नाभिडाँडामा खानेपानी अभावका कारण शौचालय प्रयोग बिहिन हुँदा महिनावारी हुने छात्रालाई समस्या भएको छ । 


खानेपानी अभावले विद्यालयमा रहेका २ वटा सौचालय र २ धारा प्रयोग विहिन भएसँगै महिनावारी हुने छात्रालाई समस्या भएको हो । कक्षा ७ मा अध्ययनरत छात्रा अम्बा योगिले शौचालय प्रयोग विहिन हुँदा महिनावारीको समयमा आफुमा विद्यालयमा प्याड प्रयोग गर्न र सरसफाइ गर्न जस्ता धेरै समस्या हुने गरेको बताइन् । 


खानेपानी अभावले शौचालय प्रयोग विहिन भएपछि अम्बा योगि जस्तै सबै छात्रालाइ समस्या भएको छ । त्यसमा झन् कतिपय छात्राहरु महिनावारीको समयमा घरमै बस्ने तर विद्यालय नआउने गरेको बताइएको छ । उक्त विद्यलायकि छात्राहरु त एउटा उदाहरण मात्र हुन । जिल्लाका अधिकांस विद्यालय र छात्राहरुको अवस्था उस्तै छ । 


शौचालय प्रयोग बिहिनले महिनावारीको समयमा विद्यालय नआउने तर आएपनि सरसफाइ तथा प्याड प्रयोगका लागि खोला नदिको किनारमा जानुपर्ने जस्ता समस्या आफुले भोग्नु परेको निमावि नाविडाँडाकि शिक्षिका गिता कुमारी शाहले बताइन् । 


निमावि नाविडाँडा जस्तै अधिकांश विद्यालयमा सौचालय प्रयोग बिहिन र विद्यालय नजिकै देवताको मन्दिर रहेकाले पनि परम्परा र धर्मलाइ मान्यता गर्ने कतिपय छात्राहरु महिनावारीको समयमा विद्यालय आउन छाडेका छन् । 


छात्राहरुको समस्यालाइ मध्यनजर गर्दै खानेपानिको ब्यवस्था गरी सौचालय प्रयोगमा ल्याउन पहल भैरहेको निमावि नाभिडाँडाका सहायक प्रधानाध्यापक रतन बहादर शाहीले बताए । हाल विद्यालयमा खाने पानी उपलब्ध नहुदा नजिकै छिमेकिको घरमा गएर विद्यार्थीले पानि पिउने गरिरहेका छन, भने अर्काे तिर विद्यालय हाता भित्र फोहोर बढ्दै गएको छ । 


लामो समय सम्म खानेपानी अभाव तथा शौचालय प्रयोग विहिन हुदा पनि सम्बन्धित निकायको ध्यान जान सकिरहेको छैन । छात्राहरुले भोग्नु परेको समस्या समाधान गरी उनिहरुको ठनपाठनमा सहजता सृर्जना गर्न सबैले सहयोग गर्नु पर्ने देखिन्छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह