नन्दराम जैशी/साउन १, जुम्ला । जुम्ला कुडारी गाविसको निमावि नाभिडाँडामा खानेपानी अभावका कारण शौचालय प्रयोग बिहिन हुँदा महिनावारी हुने छात्रालाई समस्या भएको छ । 


खानेपानी अभावले विद्यालयमा रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/साउन १, जुम्ला । जुम्ला कुडारी गाविसको निमावि नाभिडाँडामा खानेपानी अभावका कारण शौचालय प्रयोग बिहिन हुँदा महिनावारी हुने छात्रालाई समस्या भएको छ । 


खानेपानी अभावले विद्यालयमा रहेक"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विद्यालयका शौचालय प्रयोग बिहिन भएपछि महिनावारी हुने छात्रालाई समस्या

१ श्रावण २०७३, शनिबार ०५:४८

नन्दराम जैशी/साउन १, जुम्ला । जुम्ला कुडारी गाविसको निमावि नाभिडाँडामा खानेपानी अभावका कारण शौचालय प्रयोग बिहिन हुँदा महिनावारी हुने छात्रालाई समस्या भएको छ । 


खानेपानी अभावले विद्यालयमा रहेका २ वटा सौचालय र २ धारा प्रयोग विहिन भएसँगै महिनावारी हुने छात्रालाई समस्या भएको हो । कक्षा ७ मा अध्ययनरत छात्रा अम्बा योगिले शौचालय प्रयोग विहिन हुँदा महिनावारीको समयमा आफुमा विद्यालयमा प्याड प्रयोग गर्न र सरसफाइ गर्न जस्ता धेरै समस्या हुने गरेको बताइन् । 


खानेपानी अभावले शौचालय प्रयोग विहिन भएपछि अम्बा योगि जस्तै सबै छात्रालाइ समस्या भएको छ । त्यसमा झन् कतिपय छात्राहरु महिनावारीको समयमा घरमै बस्ने तर विद्यालय नआउने गरेको बताइएको छ । उक्त विद्यलायकि छात्राहरु त एउटा उदाहरण मात्र हुन । जिल्लाका अधिकांस विद्यालय र छात्राहरुको अवस्था उस्तै छ । 


शौचालय प्रयोग बिहिनले महिनावारीको समयमा विद्यालय नआउने तर आएपनि सरसफाइ तथा प्याड प्रयोगका लागि खोला नदिको किनारमा जानुपर्ने जस्ता समस्या आफुले भोग्नु परेको निमावि नाविडाँडाकि शिक्षिका गिता कुमारी शाहले बताइन् । 


निमावि नाविडाँडा जस्तै अधिकांश विद्यालयमा सौचालय प्रयोग बिहिन र विद्यालय नजिकै देवताको मन्दिर रहेकाले पनि परम्परा र धर्मलाइ मान्यता गर्ने कतिपय छात्राहरु महिनावारीको समयमा विद्यालय आउन छाडेका छन् । 


छात्राहरुको समस्यालाइ मध्यनजर गर्दै खानेपानिको ब्यवस्था गरी सौचालय प्रयोगमा ल्याउन पहल भैरहेको निमावि नाभिडाँडाका सहायक प्रधानाध्यापक रतन बहादर शाहीले बताए । हाल विद्यालयमा खाने पानी उपलब्ध नहुदा नजिकै छिमेकिको घरमा गएर विद्यार्थीले पानि पिउने गरिरहेका छन, भने अर्काे तिर विद्यालय हाता भित्र फोहोर बढ्दै गएको छ । 


लामो समय सम्म खानेपानी अभाव तथा शौचालय प्रयोग विहिन हुदा पनि सम्बन्धित निकायको ध्यान जान सकिरहेको छैन । छात्राहरुले भोग्नु परेको समस्या समाधान गरी उनिहरुको ठनपाठनमा सहजता सृर्जना गर्न सबैले सहयोग गर्नु पर्ने देखिन्छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ