फागुन २२, काठमाडौँ | काठमाडौंमा अब होलि खेल्न नपाइने भएको छ | जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो |
प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९)बाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरेको छ | बिज्ञप्तिमा भनिएको छ,'अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन सबैमा अनुरोध गरिन्छ, |'
चिनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाइरसको त्रास विश्वभरी बढिरहेको छ | जसबाट बच्न सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ |