फागुन २२, काठमाडौं | कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका एक व्यक्ति भागेका छन् | बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना भएका सुनसरी का एक व्यक्ति अस्पतालबाट भागेका हुन् |
मंगलबार कोरियाबाट नेपाल फर्केका उनलाई आइसोलेसनमा राख्ने तयारी भएको थियो | उनी बुधबार राती ८ बजे अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ | बिहीबार बिहान प्लेनमार्फत विराटनगर गएको हुनसक्ने प्रहरीको अनुमान छ |
उनलाई अस्पतालले आइसोलेसनमा राख्ने भनेको केही समयपछि अस्पतालबाटै भागेका हुन् |