सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।  देउखुरी टुडे राष्ट्रिय साप्ताहिकले साउन १ गते शनिबार देखि फेसबुक न्युज सेव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।  देउखुरी टुडे राष्ट्रिय साप्ताहिकले साउन १ गते शनिबार देखि फेसबुक न्युज सेव"/>
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

देउखुरी टुडे साप्ताहिकले शुरु गर्यो आजदेखि फेसबुक न्युज सेवा

१ श्रावण २०७३, शनिबार १९:४४

सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।  देउखुरी टुडे राष्ट्रिय साप्ताहिकले साउन १ गते शनिबार देखि फेसबुक न्युज सेवा शुरु गरेको छ । समग्र देउखुरीको विकासका लागि समाजिक उत्तरदायित्व सहितको खोजी पत्रकारिता भन्ने मुल नाराका साथ देउखुरी टुडे साप्ताहिकले पहिलो चरणमा फेसबुक सेवा शुरु गरेको हो । 

पहिलो चरणमा सञ्चारको सर्वसुलभ माध्यम नेट सेवा अन्र्तगत फेसबुक मार्फत समाचार सम्पेषण गर्ने र दोस्रो चरणमा देउखुरी टुडे साप्ताहिकको पेज सञ्चालन संगै २४ घण्टा सुचना र समाचारको सेवा प्रभाव गर्न देउखुरी टुडे अनलाईन सेवा शुरु गरिने साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक डिआर गुप्ताले जानकारी दिनु भयो । साउनको अन्तिम साताबाट देउखुरी उपत्यकाबाटै छुटै पहिचानका साथ देउखुरी टुडे साप्ताहिक पत्रिका प्रकाशन आरम्भ गर्ने सम्पादक गुप्ताले जानकारी दिए । जिल्ला तथा राष्ट्रिय स्तरका सञ्चारमाध्यमले प्राथमिकता नदिने तथा ओझेलमा परेका घटनाहरुलाई समाचार बनाई आम पाठक समक्ष पु¥याई सम्बन्धित निकायको ध्यानकर्षण गराई आवश्यक विकासका लागि लागि निरन्तर खबरदारी गर्ने पत्रिकाको मख्य लक्ष्य रहेको समेत गुप्ताले बताउनु भयो ।

विकास र पहुचमा पुग्न नसकेका तथा ओझेलमा परेका बिषयलाई उत्थान गर्न खोज पत्रकारिता आजको आवश्यकतालाई भएकोले त्यसलाई मध्यनजर गदै निरन्तर राज्य र सरोकारवालाहरुलाई पत्रिकाले आफ्ना सम्पूर्ण सञ्चारमाध्यमबाट निरन्तर खबरदारी गर्ने बताईएको छ । औपचारिक कार्यक्रमका समाचार भन्दा अनौपचारिक खोज तथा सत्यतथ्यपरक समाचार प्रकाशन गर्ने गरी पत्रिकाले आफ्नो आन्तरिक तयारी समेत तीब्र पारेको छ । खोजमूलक समाचार पत्रिका देउखुरी टुडे साप्ताहिकलाई सबै क्षेत्रबाट आवश्यक सल्लाह, सुझाव,  सुचना, समाचार, विज्ञापन सहयोग गरी दिनु हुन सबैमा आग्रह समेत गरेको छ ।    


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४