सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।  देउखुरी टुडे राष्ट्रिय साप्ताहिकले साउन १ गते शनिबार देखि फेसबुक न्युज सेव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।  देउखुरी टुडे राष्ट्रिय साप्ताहिकले साउन १ गते शनिबार देखि फेसबुक न्युज सेव"/>
२०८२, २९ चैत्र आईतवार
दाङ्ग - DNG

देउखुरी टुडे साप्ताहिकले शुरु गर्यो आजदेखि फेसबुक न्युज सेवा

२०७३, १ श्रावण शनिबार १९:४४

सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।  देउखुरी टुडे राष्ट्रिय साप्ताहिकले साउन १ गते शनिबार देखि फेसबुक न्युज सेवा शुरु गरेको छ । समग्र देउखुरीको विकासका लागि समाजिक उत्तरदायित्व सहितको खोजी पत्रकारिता भन्ने मुल नाराका साथ देउखुरी टुडे साप्ताहिकले पहिलो चरणमा फेसबुक सेवा शुरु गरेको हो । 

पहिलो चरणमा सञ्चारको सर्वसुलभ माध्यम नेट सेवा अन्र्तगत फेसबुक मार्फत समाचार सम्पेषण गर्ने र दोस्रो चरणमा देउखुरी टुडे साप्ताहिकको पेज सञ्चालन संगै २४ घण्टा सुचना र समाचारको सेवा प्रभाव गर्न देउखुरी टुडे अनलाईन सेवा शुरु गरिने साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक डिआर गुप्ताले जानकारी दिनु भयो । साउनको अन्तिम साताबाट देउखुरी उपत्यकाबाटै छुटै पहिचानका साथ देउखुरी टुडे साप्ताहिक पत्रिका प्रकाशन आरम्भ गर्ने सम्पादक गुप्ताले जानकारी दिए । जिल्ला तथा राष्ट्रिय स्तरका सञ्चारमाध्यमले प्राथमिकता नदिने तथा ओझेलमा परेका घटनाहरुलाई समाचार बनाई आम पाठक समक्ष पु¥याई सम्बन्धित निकायको ध्यानकर्षण गराई आवश्यक विकासका लागि लागि निरन्तर खबरदारी गर्ने पत्रिकाको मख्य लक्ष्य रहेको समेत गुप्ताले बताउनु भयो ।

विकास र पहुचमा पुग्न नसकेका तथा ओझेलमा परेका बिषयलाई उत्थान गर्न खोज पत्रकारिता आजको आवश्यकतालाई भएकोले त्यसलाई मध्यनजर गदै निरन्तर राज्य र सरोकारवालाहरुलाई पत्रिकाले आफ्ना सम्पूर्ण सञ्चारमाध्यमबाट निरन्तर खबरदारी गर्ने बताईएको छ । औपचारिक कार्यक्रमका समाचार भन्दा अनौपचारिक खोज तथा सत्यतथ्यपरक समाचार प्रकाशन गर्ने गरी पत्रिकाले आफ्नो आन्तरिक तयारी समेत तीब्र पारेको छ । खोजमूलक समाचार पत्रिका देउखुरी टुडे साप्ताहिकलाई सबै क्षेत्रबाट आवश्यक सल्लाह, सुझाव,  सुचना, समाचार, विज्ञापन सहयोग गरी दिनु हुन सबैमा आग्रह समेत गरेको छ ।    


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन