सरु शर्मा | साउन १, परासी | ईन्द्रेणि समाजिक विकास मञ्च बर्दघ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा | साउन १, परासी | ईन्द्रेणि समाजिक विकास मञ्च बर्दघ"/>
३ माघ २०८२, शुक्रबार
नवलपुर - NWL

ईन्द्रेणि समाजिक विकास मञ्चले गर्यो गरिबी निवारण कोषको अनुगमन

१ श्रावण २०७३, शनिबार १९:४८

 

सरु शर्मा | साउन १, परासी | ईन्द्रेणि समाजिक विकास मञ्च बर्दघाट नवलपरासी अन्तर्गत सञ्चालित गरिबी निवारण कोषबाट भएका कार्यक्रमहरुको अनुगमन गरीएको छ ।  कार्यक्रम अन्तर्गत गठित सामुदायिक संस्थाहरुको अनुगमन गरिएको हो। गरिबी निवारण कोषका पदाधिकारी , सामुदायिक संस्थाहरुका सदस्य र पत्रकारहरुको संयुक्त टोलीले क्षेत्र नम्बर ६ मा रहेका ६ वटा संस्थाहरुको अनुगमन गरेको  हो ।


गरिबी निवारण कोषका कार्यक्रम संयोजक हेम क्षेत्रीको नेतृत्वमा शुक्रबार लक्ष्मी सामुदायिक संस्था ठुलो खैरेटवा, विकास सामुदायिक संस्था गुठिप्रसौनि ५ , नवदुर्गा सामुदायिक संस्था गुठिप्रसौनि २ ,लक्ष्मी सामुदायिक संस्था पक्लीहंवा , नवदुर्गा सामुदायिक संस्था कुडिया ४ र नरदेवी सामुदायिक संस्था कुडिया ९ को अनुगमन गरिएको त्रिबेणी साचार मँचका अध्यक्ष नन्दु यादवले जानकारी दिनुभयो ।

गरिबीको रेखा मुनि रहेका ब्यक्तिहरुको जिवनस्तर उकास्नका लागि गरिबी निवारण कोषले बाख्रा पालन , पशुपालन , माछा पालन , तरकारी खेति लगायतका क्षेत्रमा लगानी गरेको छ । ती क्षेत्रमा लगानी गर्न कोषमा प्राप्त रकम रु ३७ लाख ४९ हजार मध्ये रु ३२ लाखको लगानी गरिएको कोषका संयोजक हेम क्षेत्रिले जानकारी दिनुभयो । लगानी गरिएको उक्त रकम संस्थाका सदस्यहरुले उपलब्धीमुलक क्षेत्रमा लगाएको र उत्पादन पनि राम्रो देखिएको अनुगमन टोलीमा सहभागिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ