काठमाडौँको त्रिपुरेश्वरमा आयोजना हुने कार्यक्रममा उपस्थितिहुनको "/>
काठमाडौँको त्रिपुरेश्वरमा आयोजना हुने कार्यक्रममा उपस्थितिहुनको "/>
फागुन २८, काठमाडौँ | नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले "हाम्रो नेपाल सुशासन अभियान" चलाउने भएका छन् | उनको नेतृत्वमा सुरु हुन् लागेको अभियानको बिहिबार घोषणा गरिने सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् |
काठमाडौँको त्रिपुरेश्वरमा आयोजना हुने कार्यक्रममा उपस्थितिहुनको लागि सम्पूर्ण शुभेच्छुक तथा समर्थक महानुभावहरुलाई अनुरोध गरेका छन् | उनले यस अघि ‘हामी नेपाली हाम्रो नेपाल’ नामको अभियान संचालन गर्ने घोषणा गरेका थिए | तर अन्त्यमा युवा अभियान्ता ज्ञानेन्द्रसंग कुरा नमिलेपछि उक्त अभियानबाट बाहिरिएका थिए |
उनले भोलि कार्यक्रममा संगठनको अवधारणा सार्वजनिक गरिने बताएका छन् | नेपाल प्रहरीमा २९ वर्ष सेवा गरेका खरेलले डेढ वर्षअघि राजीनामा दिएका थिए | यो अभियानमा देवेन्द्र सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादवलगायत रहने बताइएको छ |
उनको यो अभियान राजनीतिक नभएर सामाजिक हुने बताएका छन् |