चैत ५, काठमाडौँ | कोरोनाभाइरस ( कोभिड-१९)को आशंकामा काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा पाँचजना विदेशी नागरिक भर्ना भएका छन् | भर्ना भएका मध्ये चारजना आइसोलेसन, र एकजनालाई आइसियूमा राखिएको हो |
सोमबार भर्ना गरिएका पाँचै जना अमेरिका र स्कटल्याण्डका नागरिक भएको चिकित्सकहरुले बताएका छन् | एकजनालाई गम्भीर निमोनिया देखिएकाले आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ | भने कोरोनापरिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ |
चिकित्सकका अनुसार आइसियूमा राखिएका ति व्यक्तिको अवस्थामा सुधार आएको छ | उनलाई आजै आइसियूबाट निकाल्ने तयारी भएको ब्ताइएको छ | टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड रहेकोमा सबै भरिएका छन् | पाटनमा पनि सातवटा मात्र आइसोलेसन बेड रहेका छन् |