सरु शमा, साउन २, परासी । नवलपरासीको बैदौलि गाविसको बसैंहिया स्थित गणेशपुर माध्यमिक विद्यालय बसैंहियाको विद्यालय हाता भित्र रहेको बसैंहिया प्रहरी चौकी छुटै स्थानमा सर्ने भएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शमा, साउन २, परासी । नवलपरासीको बैदौलि गाविसको बसैंहिया स्थित गणेशपुर माध्यमिक विद्यालय बसैंहियाको विद्यालय हाता भित्र रहेको बसैंहिया प्रहरी चौकी छुटै स्थानमा सर्ने भएको छ ।
२०८२, ४ चैत्र बुधबार
नवलपुर - NWL

बिधालय हाता भित्र रहेको प्रहरी चौकी सर्ने भए पछि बिधार्थी हर्षित

२०७३, २ श्रावण आईतवार ०६:४१

सरु शमा, साउन २, परासी । नवलपरासीको बैदौलि गाविसको बसैंहिया स्थित गणेशपुर माध्यमिक विद्यालय बसैंहियाको विद्यालय हाता भित्र रहेको बसैंहिया प्रहरी चौकी छुटै स्थानमा सर्ने भएको छ ।

बिधालय हाता भित्र रहेको प्रहरी चौकी सर्ने भएपछि त्यस बिधालयमा अध्ययनरत विद्यार्थिहरु खुसि भएका छन् । उक्त विद्यालयको हाता भित्र बैदौलि गाविसको कार्यालय , हुलाक कार्यालय बैदौलि गाविसको स्वास्थ्य चौकी र बसैंहिया प्रहरी चौकी रहदै आएको छ ।  बिधालय हाता भित्र रहेका उक्त कार्यालयहरुलाई हटाउनु पर्छ भनि स्थानिय बासिन्दा , मिडिया ,  सँचारकर्मी लगायतले दवाव दिन थालेपछि उक्त प्रहरी चौकी सर्न लागेको हो ।
विद्यालय र प्रहरी चौकी सँगै हुदाँ उक्त बिधालयमा अध्यनरत बिधार्थीहरुलाई असहजता भई पढाई प्रभावित हुने गरेको थियो भने साना विद्यार्थिहरु डराउने गरेको विद्यालयले जनाएको छ । अव प्रहरी चौकी बसैंहियामा नै ३ कठ्ठा जग्गामा १६ कोठा भएको २ तल्ले प्रहरी चौकी भवन रु २ करोडको लगानिमा निर्माण हुन लागेको हो । सो नव निर्माण हुन लागेको भवनमा अटेच बाथरुम, पुरुष र महिला थुनुवाका लागि छुट्टाछुट्टै कोठा र सोलारको समेत ब्यवस्था गरि भवन बालमैत्रि र अपाङ्गमैत्रि रहेको निर्माणका लागि जिम्मा लिएको नेपाल आदर्श निर्माण कम्पनीका ईन्चार्ज रामगोपाल ढुङ्गानाले जानकारी दिनुभयो ।

 निर्माण कार्यको अहिले जगका लागि पिल्लर निर्माण गर्ने कार्य भईरहेको उँहाले जानकारी दिनुभयो । उक्त निर्माण कार्य अमेरिकन संस्था डि एफ आई डि र युनेस्को को आर्थिक सहयोगमा भईरहेको छ भने निर्माण कार्य २०७४ सालको अन्तिमसम्म सम्पन्न भईसक्ने निर्माण कम्पनिका ईन्चार्ज ढुङ्गानाले बताउनु भयो । गविसको हाता भित्र प्रहरी चौकी वि.सं २०४२ सालदेखि स्थापना भएको थियो भने २०५४ सालमा शसत्र जनयुद्धका कारण विस्थापित भएको थियो । तर शसत्र जनयुद्ध समाप्त भएपछि २०६३ सालमा फेरी प्रहरी चौकी सोही विद्यालयको हाता भित्र रहेको गाविसको २ कोठामा पर्नस्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी