चैत ७, काठमाडौं | विश्वभरी फैलिएको कोरोनाभाइरसको त्रास जताततै बढ्न थालेपछि आवश्यक सतर्कताको लागि पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरेको छ |
सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषले जनाएको छ | साथै पशुपति क्षेत्रविकास कोष परिषरको विशेष सरसफाइ तथा निर्मलीकरण गरिएछ |
कोरोनाभाइरसकै कारण हरेक साँझ हुँदै आएको आरती समेत भोलिबाट बन्द हुने जनाईएको छ |