२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटना: तीनको मृत्यु, २१ घाइते

२०७६, ९ चैत्र आईतवार १८:५४

चैत १०, दमौली | एक यात्रुवाहक बस तनहुँको आँबुखैरेनी नजिक दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ  । पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको उक्त बस क्षतविक्षत अवस्थामा रहेकोले राति अवेरसम्म शव झिक्ने काम गरिएको ट्राफिक प्रहरीले जनाएको छ । तनहुँको आँबुखैरेनी ३ ऐना पहरास्थित सडकबाट तल खसेको बसमा सवार तीन पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान १ का २२ वर्षका सन्दीप ओली र सोही जिल्लाका ४० वर्षका चूडामणि रेग्मी छन्। 

अन्य एक जनाको परिचय भने खुलिसकेको छैन । मृतकमध्ये एकको शव बसले च्यापेको अवस्थामा झिकिएको प्रहरीले जनाएको छ। उक्त बस दुर्घटनामा पनि २१ जना घाइते भएका छन् । 

घाइतेहरुको पोखरा, चितवन मेडिकल कलेज भरतपुर र तनहुकै आँबुखरेनीमा रहेको छिम्केश्वरी पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल