२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

कोरोना सङ्क्रमण रोक्न धमाधम क्वारेन्टाइन बनाइँदै

१३ चैत्र २०७६, बिहीबार ०३:५३

चैत १३, महोत्तरी | कोरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन् । जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो ।

जिल्लाका जलेश्वर, बर्दिवास र पिपरामा गरी ५९ श्ययाको क्वारेन्टाइन तयार भएको छ । यसैगरी जिल्लाका सबै (१५वटै) स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्न आवश्यक समन्वय भइरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

यसैबीच क्वारेन्टाइन बनाउन ठाउँको खोजी भइरहेका बेला राजपा नेपालकी नेतृ तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले बर्दिवास–१४ स्थित आपूmले सञ्चालन गर्दै आएको होटल पावन मिथिलाको भवन उपलब्ध गराइने बताउनुभएको छ । यसैगरी बर्दिवास–१४ स्थित होटल शुभसन्ध्या पनि आवश्यकताअनुसार क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने होटलका प्रबन्धक दीपक कार्कीले बताउनुभयो । 

सरकारले कोरोना सङ्क्रमण बढ्न नदिन गत मङ्गलबारदेखि एकहप्ते ‘लकडाउन’ शुरु गरेसँगै बजार, यातायात बन्द गरिएका छन् । जिल्लाका ११ भारतीय सीमावर्ती नाका यसअघि गत आइतबार नै बन्द गरिएका छन् । जिल्ला प्रशासनले गत शुक्रबार कतार एयरवेजबाट मुलुक फर्केकामध्ये महोत्तरीका ११ मध्ये पाँच सम्पर्कमा आएका जनाएको छ । पाँचै जना परिवारसहित क्वारेन्टाइनमा रहेका छन् । अन्य छ जनाको खोजी भइरहेको छ ।

सरकारले लकडाउन गरेयता व्यापार व्यवसाय रोकिएपछि बर्दिवास–१ का हर्कबहादुर तामाङले आफ्नो घरका १७ सटर (व्यापार प्रयोजनका कोठा) को भाडा यो असर रहुञ्जेल नलिने बताउनुभएको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले गत आइतबार कोरोना सङ्क्रमण बढ्न नदिन बजार, बन्द व्यापार बन्द गर्ने निर्णय गरेसँगै घरधनीलाई भाडा मिनाहा गर्न आग्रह गरेपछि तामाङले यस्तो घोषणा गर्नुभएको हो । तामाङले आफ्नो १७ सटरबाट मासिक पाँच लाख भाडा लिँदै आउनुभएको थियो । यसैगरी अन्य घरधनीलाई पनि फराकिलो मन बनाउन सङ्घका अध्यक्ष प्रल्हाद क्षत्रीले आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य