२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सहरबाट गाउँ गएकाहरुले मानेनन् लकडाउन’

२०७६, १५ चैत्र शनिबार १६:३५

अनिल अधिकारी | चैत १५, काठमाडौँ | धादिङको ज्वालामुखि गाउँपालिकाका बिभिन्न वडाहरुमा लकडाउन अवज्ञा भएको गुनाशो आएका छन् । यस विषयलाई स्थानीय जनप्रतिनिधिहरुले समेत स्वीकार गरेका छन् । 

'केहि व्यक्तिहरु गाउँमा कोरोना नआएको भन्दै ढुक्कले बाहिर निस्किएका छन्, हामीले भीड-भाड गरेको भेटेसम्म त्यसरी भीडभाड नगर्न भन्दै चेतावनी दिएका छौं । गाउँपालिकाले यस सम्बन्धमा केहि कडा कारवाहीको नीति लिनु आवश्यक देखिएको छ' एक जनप्रतिनिधिले भने । सरकारले देशभर पाँच दिनदेखि अत्यावश्यक काममा बाहेक अन्य समय घरबाट बाहिर ननिस्कन निर्देशन दिएको अवस्थामा बिना काम जमघट गरेको, लुकीछिपी जम्मा भएर तास खेलेको लगायतका गुनाशोहरु आएका छन् ।

त्यस्तै भारत लगायत तेश्रो मुलुकबाट आएकाहरुले स्थानीय तहको निर्देशन समेत नमानेको भन्ने गुनाशो छ । विदेशबाट आएकाहरु कम्तिमा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेमा खुलमखूला हिडीरहेको बताइएको छ । 

कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्न प्रहरीले कडाइ नगरेको र प्रहरी तथा जनप्रतिनिधिहरुले समेत सम्झाई बुझाई छाडेको हुनाले अबज्ञा भएको बुझिएको छ । लकडाउन घोषणाको पाँचौं दिन पनि अत्यावश्यकबाहेकका मानिसको आवतजावत भित्री तथा मुख्य सडकमा समेत नरोकिएपछि कडाई आवश्यक रहेको स्थानीय जनप्रतिनिधिहरुको धारणा छ । लकडाउनको अबज्ञा मुख्यत: सहरबाट गाउँ आएकाहरुबाटै भएको एक जनप्रतिनिधिले बताए । लुकिछिपि तास खेल्ने, क्यारिमवोर्ड खेल्ने जस्ता क्रियाकलाप भएका छन् । घरमै बसेर लकडाउनको निर्देशन पालना गर्न, अनावश्यक भीड-भाड नगर्न आग्रह गरिएको गाउँपालिकाले बताएको छ । 

कतिपय युवाहरुले लकडाउन गर्न पर्नुको कारण नबुझेको कारण लकडाउनको अवज्ञा गरेको भएपनि कतिपय जान्ने-बुझ्नेले समेत गाउँमा कोरोना संक्रमण भएको छैन भन्दै अबज्ञा गरेका छन् । व्यक्ति-व्यक्तिबीच दुरी नबनाउदा र सावधानी नअपनाएको खण्डमा एक जना कोरोना संक्रमितले सिंगो गाउँ र देशनै भाइरस संक्रमणको जोखिममा पर्ने बिज्ञहरुले बताईरहँदा कोहि संक्रमित छैनन् भन्दै लकडाउनको अबज्ञा भएको छ ।

गत चैत १० गते ज्वालामुखी गाउँपालिकाले कोरोना भाइरसबाट बच्नको लागि बिभिन्न निर्णयहरु गरिसकेको छ । जसमा केन्द्रिय सरकार र जिल्लाबाट भएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्ने निर्णय भएको छ । त्यसो त बिभिन्न समिति निर्माण गरि त्यसको व्यावस्थापनको लागि जिम्मेवारी समेत तोकिएको छ । पालिकाले यस सम्बन्धमा बिभिन्न १९ निर्णय गर्दै गाउँपालिकामा कोरोना नियन्त्रणको प्रयास गरेको छ तर कोरोना भाइरस नियन्त्रणको सबैभन्दा प्रभावकारी कदम मानिएको 'लकडाउन' अवज्ञा हुँदा त्यसमा कडाई नहुने हो भने कोरोना विरुद्धको अभियान असफल हुने देखिएको छ । 

हेर्नुहोस् चैत १० गते भएका निर्णयहरु:



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा