२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा रुघाखोकीले तीन सय परिवार प्रभावित

२०७६, १९ चैत्र बुधबार ०४:१४

 चैत १९, मार्तडी । बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताउनुभयो । 

सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित  हुनेजस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताउनुभयो । परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छाडेको छ । लकडाउनको समयमा पुडाबाब्ला रुघाखोकीको प्रकोपका कारण थला परेको छ । प्रत्येक घरमा बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी परेपछि पानी बोकेर ल्याइदिने मान्छेको समेत अभाव छ । 

गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले मौसम परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।  बिरामीमध्ये अधिकांश सामान्य अवस्थाका भए पनि केहीलाई गाह्रो भएको अवस्था छ । गाउँ नै रुघाखोकीको सङ्क्रमणले थला परेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर गाउँमै आधारभूत स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ । 

खाद्यान्न अपुग नहुने  

कोभिड–१९ को सङ्क्रमणका बेला बाजुरामा खाद्यान्न अपुग नहुने खाद्य तथा गुणस्तर व्यापार कम्पनी बाजुराले जनाएको छ । जिल्लामा खाद्यवस्तु अर्थात् चामलको अभाव नहुने खाद्य तथा गुणस्तर व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताउनुभयो । 

सदरमुकाम मार्तडीमा रहेको खाद्य संस्थानमा हाल ७०५ क्विन्टल चामल बिक्री नभएको शाखा प्रमुख ओझाले राससलाई जानकारी दिनुभयो । खाद्य कम्पनीमार्फत बिक्री हुने हिमाली गाउँपालिकाको कवाडीमा समेत खाद्यान्न अभाव नहुने गरी ढुवानी गरिएको प्रमुख ओझाले बताउनुभयो । 

सरकारले गरेको लकडाउनलाई ध्यानमा राख्दै बिहान ११ देखि ३ बजेसम्ममा मात्र खाद्य तथा व्यापार कम्पनी शाखा खुला गरी खाद्यान्न बिक्री गर्ने गरेको प्रमुख  जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभयो ।

पूर्वीउत्तरी भेगको कोल्टी खाद्य तथा गुणस्तर कम्पनीमा चार दिनदेखि खाद्य अभाव भएको समाचार भ्रामक रहेको खाद्य तथा व्यापार कम्पनी कोल्टी शाखाका प्रमुख नवीनप्रसाद आचार्यले आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन