२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीद्वारा घरभित्रै छिरेर स्थानियमाथी निर्घात कुटपिट

२०७६, १९ चैत्र बुधबार १६:४७

चैत १९, धादिङ | लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीको टोलीले घरभित्रै छिरेर स्थानियमाथी निर्घात कुटपिट गरेको छ ।

सशस्त्र प्रहरीको कुटपिटपछि  ५ जना युवा घाईते भएका छन् । बुधवार साँझ धादिङको सिद्धलेक गाँउपालिका वडा नं. ५ स्थित् बुङचुङमा निर्माण ब्यबसायीहरुले आफ्ना कामदारहरुलाई घर फर्काउने बिषयमा छलफल गर्दै गर्दा सशस्त्र प्रहरीले घरभित्रै छिरेर निर्घात कुटपिट गरेको घाईते कमल कन्ट्रक्सन प्रालीका प्रमुख केशव सिलवालले बताए । ।

आफ्ना कामदारहरुलाई घर फर्काउने बिषयमा निर्माण ब्यवसायी अशोक श्रेष्ठको घरमा जिल्ला प्रसासन कार्यालयमा जानकारी गराउने भन्ने बिषयमा छलफल गर्दै गर्दा साँझ ५ बजे एक्कासी सशस्त्र प्रहरी धादिङका सहायक निरिक्षक असई हरी बहादुर केसीको नेतृत्वमा आएको टोलीले  घरभित्रै छिरेर निर्घात कुटपिट गरेको सिलवालले बताए ।

आफ्नै घरको भान्सा कोठामा ओल्लो-पल्लो घरका साथहिरु बिच गम्भीर बिषयमा छलफल गर्दा समेत सशस्त्र प्रहरीको टोलीले कुनै कुरै नसोधी आफूहरुलाई गोरु कुटेझै लठ्ठीले हिर्काएको घर धनी समेत रहेका पीडित अशोक श्रेष्ठले बताए । 

घाईते अशोकका अनुसार सशस्त्र प्रहरीले घरभित्र छिरी लकडाउनमा रक्सी खाने भन्दै एक्कासी गोरु कुटेझै लठ्ठीले कुटेको हो । आफुहरले बिषयबस्तुवारे जानकारी गराँउदा समेत प्रहरीले कुरै नसुनी अन्धाधुन्द कुटेको थियो । उल्टै प्रहरीले आईन्दा अवदेखी तेरो घरमा ५ जनाभन्दा बढि मान्छे देखे भाटे कारवाहि र १ महिना थुनिदिने भन्दै धम्की दिएको  पीडित अशोक श्रेष्ठले बताए ।

आफुसंग लकडाउन अगाडी निर्माण ब्यवसायमा काम गर्ने १०/१५ जना कामदार रहेको र हाल १० जना आफ्नै घरमा बसीरहेको श्रेष्ठले बताए । यद्धपी प्रहरीको धम्कीले अव के गर्ने भन्ने बिषयमा उक्त घटनाले चिन्तीत बनाएको बताए ।

सशस्त्र प्रहरीको कुटाईवाट सिद्धलेक गाँउपालिका वडा नं.५ का ४० बर्षिय जित बहादुर घले गम्भिर घाईते भएका छन् भने अन्य ४ जना समेत घाईते भएका छन् । घाईते हुनेहरुमा सिद्धलेक गाँउपालिका वडा नं.५ का ३५ बर्षिय घरधनी अशोक श्रेष्ठ, केशव सिलवाल कमल, राजु उपाध्याय, अरुण थपलिया तथा अन्य मजदुरहरु समेत सामान्य घाईते छन् ।

सशस्त्र प्रहरीको कुटाईपछी घाईतेहरु भने आ आफनै घरमा घरेलु औषधी उपचार गरीरहेका छन् । यद्धपी गम्भीर घाईते ४० वर्षिय जित बहादुरको भने आँखामा गम्भिर चोट लागेकाले अस्पताल लैजाने तयारी गरिएको छ । 


घाईते ४० वर्षिय जित बहादुर घलेले पनी लकडाउनको नाममा प्रहरीले ज्यादति गरेको बताएका छन् र्। सम्झाई-वुझाई गर्नुपर्ने बेलामा प्रहरी नै ज्यान मार्ने शैलीमा यसरी ज्यादतिमा उत्रियो, कुरै नबुझी कुटपिट गर्नु दुःखद हो ।’ गम्भिर घार्यते जित बहादुर घलेले बताए ।

सशस्त्र प्रहरी वल धादिङका प्रमुख डिएस्पी धिरेन्द्रराज न्यौपानेले भने यस बिषयमा सशस्त्र प्रहरीले सम्झाई बुझाई मात्र गरेको भन्दै कुटपिट नगरेको दावी गरेका छन् । डिएस्पी न्यौपानेले आफुहरु गस्ती गर्ने क्रममा सिद्धलेकको बुङचुङ बजारमा एक घरमा मासु र मादकपदार्थ सहित केहि ब्यक्तीहरु हल्ला खल्ला गर्दै बसीरहेको देखेपछि सम्झाउँदा पनि अटेर गरेकाले त्यस्तो परिस्थिति उत्पन्न भएको वताएका छन् ।

सशस्त्र प्रहरी वल धादिङ आक्रामक अवस्थामा रहेकाले ति व्यक्तीहरु घाईते हुनु सामान्य बिषय रहेको समेत डिएस्पी न्यौपानेले बताए । डिएस्पी न्यौपानेले भने सशस्त्र प्रहरी घरभित्रै छिरेर कुटपिट भने नगरेको दावी गरे । उनले सम्झाएर काम गर्नुपर्ने ठाउँमा कुटपिट गर्नु भने गलत भएको स्वीकारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा