२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

रुम्जाटारमा १२ कामदार अलपत्र

२०७६, २० चैत्र बिहीबार ०३:३३

चैत २०, ओखलढुङ्गा  । ओखलढुङ्गाको रुम्जाटारमा १२ मजदुर अलपत्र परेका छन् । स्थानीय तौलीकुलो सिँचाइ आयोजना चार्खुमा काम गर्न आएका सुर्खेतका ६ र इलामका ६ कामदार अलपत्र परेका हुन् । 

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम अघि नबढेको र घर जाने अवस्थासमेत नहुँदा आफूहरु समस्यामा परेको सुर्खेतका चन्द्रबहादुर कार्कीले बताउनुभयो । काम रोकिएपछि बिहान बेलुकाको खानाको व्यवस्थापनसमेत नभएको उहाँको गुनासो छ । “काम रोकियो, घर जाने अवस्था पनि भएन । यहाँ के खाएर बस्नु, हामी त झनझन समस्यामा फस्यौँ”, कार्कीले रासससँग भन्नुभयो, “ठेकेदारमार्फत यहाँ आएको । काम नभएपछि ठेकेदारले पैसा दिने कुरा गरेनन्, सरकारले दिने भनेको राहत कसरी पाइन्छ त्यो पनि थाहा छैन ।” 

चौध कामदारमध्ये दुई जना आफन्तको सहारामा त्यहाँबाट हिँडिसकेका छन् । ठेकेदारले काम रोकिएपछि आफ्नो व्यवस्थापन आफैँ गर्नु भनेकाले समस्यामा परेको इलामका वर्तमान लिम्बूको दुःखेसो छ । घरजाने व्यवस्था मिलाइदिन अन्यथा बसोबास र खानपानको व्यवस्थापन गरिदिन कामदारहरुले माग गरेका छन् ।

आयोजनाको रकम निकासा नभएकाले सबै रकम कामदारलाई भुक्तानी दिन नसकिएको ठेकेदार कम्पनी टाईगर रुम्जाटार हलेसी यसुदा जेवीका सोमबहादुर विकले बताउनुभयो । अहिलेसम्म आफूले खाना र बासको व्यवस्थापन गर्दै आएको र सरकारले दिने राहतका विषयमा पहल गरिहेको उहाँको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले स्थानीय सरकारमार्फत राहत वितरणको कार्य भइरहेकाले सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । “विपन्न, गरिब र मजदुरलाई राहत सहयोग गर्ने कार्यक्रम स्थानीय तहमार्फत भइरहेको छ, नगरपालिकाले वितरण शुरु गरेको हुनुपर्छ त्यहाँ सम्पर्क गरौँ, खान नपाएर अलपत्र नपरौँ”, उहाँले भन्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन