४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिरामीको नाम चोरी गरेर एम्बुलेसले मान्छे ओसार्दै

२० चैत्र २०७६, बिहीबार १०:४४

दान बहादुर  बुढा | चैत २०, मुगु | बिरामीको नामचोरी गरी एक एम्बुलेन्सले मान्छे ओसारपसार गरेको पाईएको छ । सुर्खेतमा रहेको नेपाल अर्वोद निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखी मुगुसम्म विरामीको नाममा खचाखच मान्छे राखेर ओसार-पसार गर्ने गरेको हो । 

भे १ च ६७६ नम्बरको उक्त एम्बुलेन्सले दुईजना बिरामीको नाम चोरी गरेर मुगुका १२ जना मान्छे सुर्खेतबाट मुगु ल्याएको छ । दुईजना विरामी सन्चो भई आएको र विरामीको कार्ड सुरक्षा चेकजाँचमा देखाउने, त्यसलाईनै पास जस्तो गरेर अन्य यात्रु हालेर ल्याएको उक्त एम्वुलेन्सले मुगुका लागि मंगलवार सुर्खेतवाट छुटेको थियो । 

मान्छे बिरामी भएको खण्डमा सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने ठाउँमा दुर्गम जिल्लामा ल्याउनु भनेको सन्चो भएका बिरामीनै हुन् । तर सन्चो भएका बिरामीको नाममा कागजपत्र बनाई एम्बुलेन्सले मान्छे ओसार्नु गैह्रजिम्मेवार र लगडाउनको चरम उल्लघन भएको देखिन्छ ।

मुगुका माननीयको सम्पर्कबाट  मुगमा बिरामी पठाउनु छ, भन्ने खबरका साथ एम्बुलेन्स भाडाँका लागी पठाएको हुँ बिचमा मान्छे हालेको थाहा नभएको नेपाल अर्र्वोद्ध निवारण संस्था सुर्खेतका कर्मचारी दिपक रावतले बताए । 

उनका अनुसार दुई जना बिरामी र दुईजना कुरुवाको लागी ३८ हजार भाडामा एम्बुलेन्स पठाईएको भएतापनी त्यती धेरै मान्छे हालेको आफुलाई थाहा नभएको रावतले बताए ।

यता जिल्ला प्रशसान कार्यलय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले भने 'एम्बुलेन्सले बिरामी बोक्ने काम भएको तर मान्छे ओसार्ने हैन । एम्बुलेन्सले मान्छे बोकेको भएपनि बिच बिचका चेकपोष्टले निगरानी राख्नुपर्ने हो, राखेनछन् । अब त्यसका बारेमा जाँच-बुझ गर्छौं ।' एम्बुलेन्समा दुई बिरामी सहित १२ जना आएका थिए ।  


स्थानीय प्रशासन निरिह

बिश्वभरी कोराना भाईरस (कोभिड १९) का संक्रमण बढ्दै गईरहेको र त्यसको प्रभाव नेपालमा नफैलियोस भनेर नेपाल सरकारले लगडाउनको घोषण गरी आवतजावतमा रोक लगाएको भएपनि लगडाउनको कर्णालीका जिल्लामा चरम उल्लघंन भएको छ ।

अरु प्रदेशका तुलानामा कर्णाली प्रदेशका जिल्लाहरुमा नेपाल सरकाले गरेको लकडाउनको चरम उल्लघन भएको देखिन्छ । यसअघि पनि मुगु आउने र हुम्ला जाने बिद्यार्थी, सर्वसाधारणका लाागी भन्दै सुर्खेत नेपालगञ्जबाट गाडि रिर्जभ गरी मान्छे मुगुसम्म रातारात ओसार्ने गरेर लगडाउनको चरम उल्लघन गरिएको थियो ।

मुगु सहित कर्णाली प्रदेशका जिल्लामा लकडाउनको चरम उल्लघन भएको भएपनि स्थानीय प्रशासन ठुला बडाको मिलोमत्तोमा रहि निरिह बनेको देखिन्छ ।

बजारमा लकडाउनको  पालाना गरी आवतजावतमा रोक लगाईएको भएपनि गाउँघरमा त्यसको प्रभाव परेको छैन । नागरिक खुलेआम हिडडुल गरेका छन् । भिडभाडमा जाने, जुवातास खेल्ने गरेका छन् भने किसानहरु बर्षे वाली, धान, कोदो छर्नमा ब्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ