२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गामा विदेशबाट फर्किएकामध्ये ४ क्वारेन्टाइनमा, २ आइसोलेशनमा

२०७६, २० चैत्र बिहीबार १०:५८

चैत २०, ओखलढुङ्गा । विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार विगत दुई साताको अवधिमा विदेशबाट १३३ जना जिल्ला फर्किएका छन् । तीमध्ये भारतबाट फर्किएका सिद्धिचरण नगरपालिकाका दुई किशोरीलाई ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ । 

जिल्ला प्रशासन कार्यालयको आग्रहमा जिल्लाका आठ वटै स्थानीय तहले आ—आफ्नो पालिकाभित्र हालसालै विदेशबाट फर्किएका नागरिकको खोजी गरिरहेका छन् । स्थानीय तह र स्वास्थ्य शाखामार्फत विदेशबाट फर्केका नागरिकको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । उहाँका अनुसार अहिले क्वारेन्टाइनमा नबस्नेलाई घरैमा १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । 

क्वारेन्टाइन व्यवस्थित नहुँदा र आवश्यक चेतनाको कमीका कारण विदेशबाट आएका १ सय २७ अधिकाँश व्यक्ति घरैमा बसेका छन् । उनीहरु खुल्ला रुपमा घरमै बस्दा सङ्क्रमणको जोखिम बढेको सुनकोशी गाउँपालिका—१० का वडाअध्यक्ष झनक कार्कीले बताउनुभयो । विदेशबाट आएका व्यक्ति स्वास्थ्य परीक्षण समेत नगरी घरैमा बसेका कारण गाउँघरमा सङ्क्रमणको त्रास बढेको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने