Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संक्रमित वृद्धाको धौलागिरि अस्पतालमा उपचार हुँदै

२०७६, २१ चैत्र शुक्रबार ०३:१०

खेमराज गौतम | चैत २१, गलकोट (रासस) | बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ ।  होम क्वारेन्टाइनमा बस्दै आउनुभएका वृद्धालाई कोरोना पुष्टि भएसँगै बिहीबार साँझ धौलागिरि अञ्चल अस्पतालमा ल्याएर आइसोलेशन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उक्त वृद्धाको स्वास्थ्य अवस्था भने सामान्य  छ । संक्रमित वृद्धा यही चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आउनुभएको थियो । 

क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आउनुभएका उहाँ सँगै बागलुङमा कोरोना संक्रमित दुई भएका छन् । उहाँ सवार विमानमा संँगै आएका बागलुङकै एक किशोरीमा कोरोना पुष्टि भएसंगै वृद्धाको समेत स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको थियो ।  बिहीबार आएको नमूना स्वावको रिपोर्टमा पोजेटिभ देखिएकाले उहाँलाई अञ्चल अस्पतालमा ल्याएर उपचार गर्न थालिएको  अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो । 

“उपचाररत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ” पोखरेलले भन्नुभयो, “हामी सुरक्षित तरिकाले उपचारमा खटिरहेका छौँ, तपाईँहरु घरमै बस्नुहोस्, समस्या भए तुरुन्तै अस्पताललमा सम्पर्क राख्नुहोस् ।”

चैत १५ गते भएको स्वास्थ्य परीक्षणमा बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा  चैत ४ गते नेपाल आएकी बागलुङकी युवतीमा कोरोना पुष्टि भइसकेको छ । उक्त युवतीको पनि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको दोस्रो पटकको स्वाब परीक्षणको काम भइरहेको छ । बागलुङमा दुई जनालाई कोरोना पुष्टि भएसँंगै बागलुङ कोरोनाको इपिसेन्टर बन्दै गएको भनी यहाँका नागरिकले थप सतकर्तता अपनाउन थालेका छन् । 

सहकारी दिवसको खर्च  कोषमा

जिल्लामा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवस मनाउनका लागि छुट्टयाएको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ ।  सहकारी दिवसका अवसरमा सहकारीले विभिन्न कार्यक्रम गर्नका लागि विनियोजन गरेको रु. एक लाख कोभिड–१९ का कारण स्थगन भएपछि उक्त रकम कोषमा सहयोग गरिएको आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ । 

सस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको रु एक लाखमध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा रु ५० हजारका दरले बिहीबार सहयोग गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो ।  

बागलुङ जिल्लामा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवस मनाउनका लागि छुट्टयाएको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ ।  सहकारी दिवसका अवसरमा सहकारीले विभिन्न कार्यक्रम गर्नका लागि विनियोजन गरेको रु। एक लाख कोभिड–१९ का कारण स्थगन भएपछि उक्त रकम कोषमा सहयोग गरिएको आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ । 

संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको रु एक लाखमध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा रु ५० हजारका दरले बिहीबार सहयोग गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे