४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए

२१ चैत्र २०७६, शुक्रबार ०३:२७

चैत २१, ललितपुर | सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ । 

कोभिड–१९ का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा गत चैत १९ गते बिनाजानकारी उनीहरु महालक्ष्मी–४ इमाडोलको अजिजिया मद्रसा मस्जिदमा आइ बसेकामा महालक्ष्मी र गोदावरीका स्थानीयले विरोध गरेसँगै फिर्ता पठाइएको हो । कोरोनाको जोखिम हटाउन महालक्ष्मीले बिहीबार दिउँसो ४ बजे उनीलाई मस्जिदबाट पठाइएसँगै गोदावरी–३ टौखेलको गोदावरी भिलेज रिसोर्टमा प्रहरीले ल्याई राखिदिएको जानकारी यहाँका स्थानीयले पाएसँगै राति साढे १० बजे यहाँबाट पनि फिर्ता पठाइएको छ । 

यी नागरिकलाई सप्तरीबाट काठमाडौँ बालाजु हुँदै महालक्ष्मी नगर क्षेत्र ल्याउने व्यक्ति वा निकायको छानबिन गरी सत्यतथ्य जनसमक्ष सार्वजनिक गर्न महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर क्षेष्ठले अपिल गर्नुभएको छ । 

यी १३ नागरिक गत सन् २०२० जनावरी २१ मा इण्डोनेशियाबाट तबलिकी जमात अर्थात् मुस्लिम धर्म प्रचार समूहमार्फत काठमाडौँको जामे मस्जिदमा आइ बसेका थिए । त्यसपछि फ्रेबु्रअरी–१३ तारिखमा सप्तरीको रुपनी बजारमा तीन दिन इस्तिमा कार्यक्रम सहभागी भई गत चैत १८ गते सप्तरीको धार्मिक यात्राबाट फर्की चैत १९ गते काठमाडौँको बालाजु माछापोखरी मस्जिद बस्न खोज्दा त्यहाँका स्थानीयवासीले विरोध गरेपछि स्थानीय प्रहरीले मस्जिदका पदाधिकारीसँग सल्लाहमा गरी इमाडोल ल्याइएको जनाइएको छ ।

इमाडोलवासीले पनि कोरोना त्रासका कारण विरोध गरेपछि चैत २० गते दिउँसो रिसोर्टमा ल्याइराखिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ