२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनले छोएन चैतली मेलालाई, हजारौको भिँड

२०७६, २५ चैत्र मंगलवार ०६:१०

सम्राट सिंह | चैत २५, बझाङ | जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा २४ गतेबाट संचालन हुने बान्निकी चैतली मेलालाई लकडाउनले छोएको छैन । बिश्वभर कोरोना भाइरस ( कोभिड १९) को महामारी फैलिरहेको बेला पनि चैतली मेला भने हजारौको भिँडभाँड सहित धुमधाम सँग मनाइरहेको पाइएको हो ।

यसरी लकडाउनको बेवास्ता गरी हजारौँको भिँडभाडमा मेला मनाउँदा कोरोना भाइरस ( कोभिड १९) फैलिने डर जिल्लाबासीमा छाएको छ । रोजगारीका लागि भारत गएका धेरै मानिसहरु लुकीछिपी गाउँमा फर्किसकेका छन । भारतबाट फर्केका केहि मानिसहरु क्वारेन्टाइनमा बसेका भएपनि केहि मानिसहरु खुलेयाम बजारतिर हिँडिरहेका छन ।


महामारीसँगै सरकारले बैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको भएपनि एउटा पौराणिक र धार्मिक रहस्य बोकेको बान्निकी चैतली मेला मनाउन गाउँ गाउँबाट भक्तजनहरु आएपछि हजारौको भिँडभाडमा भव्य रुपमा बान्निकी चैतली मेला मनाएको स्थानियहरुले बताएका छन । 

नेपालमा कोरोना भाइरसका ९ जना संक्रमित भेटिएपछि सरकारले एक स्थानिय तहबाट अर्को स्थानिय तहमा आवतजावतमा समेत रोक लगाएको बेला भिँडभाँड सहित हजारौको संख्यामा बान्निकी चैतली मेला भव्य रुपमा संचालन गरेर स्थानिय तहले सरकारको निर्देशनको अटेरी गरेको स्थानिय आसिस सिंहले बताए । सानो लार्पबाहिले गर्दा कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भन्दै सबैले सचेत रहनुपर्ने उनको भनाइ छ । 

सदरमुकाम चैनपुरमा प्रहरीले माइकिङ गरी अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन सर्बसाधारणलाई अनुरोध गरिरहेका बेला गाउँमा भने लकडाउनको कुनै प्रभाव परेको देखिदैन ।

यसरी बिश्वमा महामारी फैलिरहेको बेला हजारौको संख्यामा उपस्थित गराएर मेला मनाउँदा समेत यहाँका सरोकारवालाहरु मुकदर्शक बनेका छन ।  यसरी सरकारको निर्देसनको अटेरी गरे जिल्लामा पनि महामारी रुप नलेला भन्न सकिन्न । 

कोरोना भाइरसका कारण विश्वमा महामारी फैलिरहेको बेला मेला नबनाउन स्थानिय तहमा पत्राचार गर्दासमेत मेला मनाएको प्रमुख जिल्ला अधिकारी उमेस पाण्डेयले बताए । उनले कोरोना भाइरसबाट बच्न सबै नागरिकहरुले आफै सचेत हुनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल