२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सेनाको रगतले सुत्केरीको ज्यान बच्यो

२६ चैत्र २०७६, बुधबार १०:३५

चैत २६, बैतडी | नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ ।  शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । 

जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको अत्यधिक रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो । सुत्केरी महिला रगत अभावमा छट्पटिरहेकी अवस्थामा बुधबार बैतडीस्थित हनु मानध्वज गुल्मका जवान विवेक नेपालीले रक्तदान गरेका हुन् । 

सेनाका जवान नेपालीले १ पोका अर्थात् ४०० मिलीलिटर रगत दिएको डा. जोशीले बताउनुुभयो । “चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी  राजुको शरीरमा  मङ्गलवार राती रगतको कमी भइ बेहोस भएपछि सेनालाई गुहारेका थियौं” डा. जोशीले भन्नुभयो, “सेनाले दिएको रगत सुत्केरीको ज्यान जोगाउन सफल भयौं ।” अहिले आमाको स्वास्थ्य अवस्था सुधार हुदैं गएको र शिशुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।  बैतडीको रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मा रगतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य