सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । दाङमा बितेको एक बर्षमा ट्राफिक नियम पालना नगर्ने साढे ३४ हजार बढी सवारी चालक तथा धनी कार्वाहीमा परेका छन् । एक बर्ष भरी भए गरेका कार्यहरुका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आइतबार घोराहीमा पत्रक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । दाङमा बितेको एक बर्षमा ट्राफिक नियम पालना नगर्ने साढे ३४ हजार बढी सवारी चालक तथा धनी कार्वाहीमा परेका छन् । एक बर्ष भरी भए गरेका कार्यहरुका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आइतबार घोराहीमा पत्रक"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एक बर्षमा साढे ३४ हजार गाडी कारवाहीमा, ७१ को मृत्यु १५३ घाईते

३ श्रावण २०७३, सोमबार ०७:२३

सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । दाङमा बितेको एक बर्षमा ट्राफिक नियम पालना नगर्ने साढे ३४ हजार बढी सवारी चालक तथा धनी कार्वाहीमा परेका छन् । एक बर्ष भरी भए गरेका कार्यहरुका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी ट्राफिक नियम पालना नगर्ने ३४ हजार ७ सय ३७ वटा गाडिका चालक तथा धनीलाई कार्वाही गरिएको जानकारी दिएको हो ।

     उक्त कार्वाहीबाट एक करोड १४ लाख १२ हजार ६ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो बर्षमा ४१ हजार ३ सय सवारीका चालक तथा धनी कार्वाहीमा पर्दा एक करोड ५ लाख ४ हजार ३ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । दाङमा सरदर ५० देखी ९० वटा गाडिहरु दैनिक ट्राफिक नियम बिपरित चलेकै कारण कार्वाहीमा पर्ने गरेका छन् ।

मादक पदार्थ सेवन गरेर सवारीका साधन चलाउने ६ सय ५८ जना, सिटबेल्ट नबाध्ने १ सय १, क्षमता भन्दा धेरै यात्रु र लोड बोक्ने ३ हजार ३ सय ९२ र गाडि चलाउदै गर्दा मोवाईल फोनमा कुरा गर्ने ४ जना चालकलाई कार्वाही गरिएको सिंहले बताए । ट्राफिक सचेतनाका लागि प्रहरीले सडक देखी गाउँ र बिद्यालय सम्म कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । तर पनि अझै नागरिकहरु लापर्वाही गर्ने गरेको प्रहरी बताउछ । एक बर्षमा एक सय ८ वटा विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

       यसैविच बितेको एक बर्षमा दाङमा १ सय १२ वटा सवारीका साधन दुर्घटनामा परेका छन् । जसबाट ७१ जनाको मृत्युभएको छ भने १ सय ५३ जना घाईते भएका छन् । अघिल्लो बर्षमा १ सय ३५ वटा दुर्घटना हुदा ५४ जनाको मृत्युभएको थियो । दुर्घटनामा सबैभन्दा धेरै चालककै लापर्वाहीले ५२ वटा दुर्घटना भएको देखिएको छ । यस्तै ४२ वटा तिब्रगति, ओभरटेक ३, पैदल यात्रुको गल्ती ६, ओभरलोडका कारण ३ वटा गाडि दुर्घटनामा परेका छन् । सवारी दुर्घटना न्यूनिकरणका लागि सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा सिंहले जोड दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो