सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । दाङमा बितेको एक बर्षमा ट्राफिक नियम पालना नगर्ने साढे ३४ हजार बढी सवारी चालक तथा धनी कार्वाहीमा परेका छन् । एक बर्ष भरी भए गरेका कार्यहरुका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आइतबार घोराहीमा पत्रक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । दाङमा बितेको एक बर्षमा ट्राफिक नियम पालना नगर्ने साढे ३४ हजार बढी सवारी चालक तथा धनी कार्वाहीमा परेका छन् । एक बर्ष भरी भए गरेका कार्यहरुका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आइतबार घोराहीमा पत्रक"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एक बर्षमा साढे ३४ हजार गाडी कारवाहीमा, ७१ को मृत्यु १५३ घाईते

२०७३, ३ श्रावण सोमबार ०७:२३

सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । दाङमा बितेको एक बर्षमा ट्राफिक नियम पालना नगर्ने साढे ३४ हजार बढी सवारी चालक तथा धनी कार्वाहीमा परेका छन् । एक बर्ष भरी भए गरेका कार्यहरुका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी ट्राफिक नियम पालना नगर्ने ३४ हजार ७ सय ३७ वटा गाडिका चालक तथा धनीलाई कार्वाही गरिएको जानकारी दिएको हो ।

     उक्त कार्वाहीबाट एक करोड १४ लाख १२ हजार ६ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो बर्षमा ४१ हजार ३ सय सवारीका चालक तथा धनी कार्वाहीमा पर्दा एक करोड ५ लाख ४ हजार ३ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । दाङमा सरदर ५० देखी ९० वटा गाडिहरु दैनिक ट्राफिक नियम बिपरित चलेकै कारण कार्वाहीमा पर्ने गरेका छन् ।

मादक पदार्थ सेवन गरेर सवारीका साधन चलाउने ६ सय ५८ जना, सिटबेल्ट नबाध्ने १ सय १, क्षमता भन्दा धेरै यात्रु र लोड बोक्ने ३ हजार ३ सय ९२ र गाडि चलाउदै गर्दा मोवाईल फोनमा कुरा गर्ने ४ जना चालकलाई कार्वाही गरिएको सिंहले बताए । ट्राफिक सचेतनाका लागि प्रहरीले सडक देखी गाउँ र बिद्यालय सम्म कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । तर पनि अझै नागरिकहरु लापर्वाही गर्ने गरेको प्रहरी बताउछ । एक बर्षमा एक सय ८ वटा विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

       यसैविच बितेको एक बर्षमा दाङमा १ सय १२ वटा सवारीका साधन दुर्घटनामा परेका छन् । जसबाट ७१ जनाको मृत्युभएको छ भने १ सय ५३ जना घाईते भएका छन् । अघिल्लो बर्षमा १ सय ३५ वटा दुर्घटना हुदा ५४ जनाको मृत्युभएको थियो । दुर्घटनामा सबैभन्दा धेरै चालककै लापर्वाहीले ५२ वटा दुर्घटना भएको देखिएको छ । यस्तै ४२ वटा तिब्रगति, ओभरटेक ३, पैदल यात्रुको गल्ती ६, ओभरलोडका कारण ३ वटा गाडि दुर्घटनामा परेका छन् । सवारी दुर्घटना न्यूनिकरणका लागि सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा सिंहले जोड दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन