सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । नेपाल पत्रकार महासंघ दाङ उपचार सहयोगका लागि अपील गर्दै पत्रकार अर्जुन महरा बचाऊ अभियान सुरु गरेको छ । रेडियो मध्यपश्चिममा कार्यरत लमही नगरपालिका–११ रातोडाँडा निबासी अर्जुन महरा यतिबेला बोनम्यारोमा समस्या उत्पन्न भएर अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । नेपाल पत्रकार महासंघ दाङ उपचार सहयोगका लागि अपील गर्दै पत्रकार अर्जुन महरा बचाऊ अभियान सुरु गरेको छ । रेडियो मध्यपश्चिममा कार्यरत लमही नगरपालिका–११ रातोडाँडा निबासी अर्जुन महरा यतिबेला बोनम्यारोमा समस्या उत्पन्न भएर अ"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दङगाली पत्रकार अर्जुन महरा बचाऊ अभियान सुरु

२०७३, ३ श्रावण सोमबार ०७:२८

सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । नेपाल पत्रकार महासंघ दाङ उपचार सहयोगका लागि अपील गर्दै पत्रकार अर्जुन महरा बचाऊ अभियान सुरु गरेको छ । रेडियो मध्यपश्चिममा कार्यरत लमही नगरपालिका–११ रातोडाँडा निबासी अर्जुन महरा यतिबेला बोनम्यारोमा समस्या उत्पन्न भएर अहिले काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचाररत छन् ।

       विगत तीन वर्षदेखि पत्रकारितामा सक्रिय महरालाई विगत एक महिना अघिदेखि बोनम्यारो (रक्तमासी)मा समस्या देखिएको र जाँच गराउँदा क्यान्सर देखिएको छ । उनको अहिले काठमाडौंस्थित सिभिल हस्पिटलको कोठा नं. २५५ को बेड नं. ८४ मा उपचार भैरहेको छ ।

न्यून पारिवारिक आर्थिक अवस्था भएको र परिवार एक्लैले उनको उपचारमा निकै कठिनाई भएकाले नेपाल पत्रकार महासंघ दाङ उनको उपचार सहयोगका लागि अपील गर्दै पत्रकार अर्जुन महरा बचाऊ अभियान सञ्चालन गरेको हो ।

साथै पत्रकार महासंघ दाङका तर्फबाट दश हजार रुपैयाँ सहयोग गर्ने र सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन जिल्ला स्थित सञ्चारमाध्यम, सञ्चार संस्था, सञ्चारकर्मी तथा सम्पूर्ण महानुभावहरुलाई अनुरोध गरेका छ । सहयोगका लागि कार्यालय समयमा नेपाल पत्रकार महासंघ दाङ शाखाको फोन नं. ०८२–५६१४९७ वा कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यको फोन नं. ९८५७८३०३६३ मा सम्पर्क गर्न सकिने छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन