२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक

२८ चैत्र २०७६, शुक्रबार १५:३२

चैत २८, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रणार्थ सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक भएको बताउनुभएको छ । 

मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा कोरोनाविरुद्धको लडाइँमा सरकार एक्लैले मात्र केही गर्न नसक्ने भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको जनाउनुभयो । “कोरोना प्रतिकार्य विश्वव्यापी साझा मुद्दा हो र यसमा नागरिकदेखि सबै क्षेत्र, तह तप्काको उत्तिकै दायित्व छ”, उहाँले भन्नुभयो, “त्यसैले यसको प्रतिकार्य तथा रोकथामका लागि सरकार, जनप्रतिनिधि र राजनीतिक दलको एकीकृत कार्यदल गठन हुन आवश्यक छ ।”

उहाँले जिल्लामा समन्वय समितिको प्रमुख र नगर तथा गाउँपालिकामा प्रमुख÷अध्यक्षको संयोजकत्वमा संयन्त्र निर्माण गरी आपसी समन्वय र सहकार्यबाट कर्णालीलाई कोरोनाबाट सुरक्षित राख्ने योजना प्रभावकारी बनाउन दलसँगको बैठक बोलाइएको बताउनुभयो । कोरोना भाइरसबाट प्रभाव हुन नदिन शुरुमा कर्णाली प्रदेशले लकडाउन शुरु गरेको बताउँदै हाल अलपत्र परेका, मजदूर र वृद्धको राहत तथा उद्धार कसरी गर्ने भन्नेमा सरकार केन्द्रित रहेको जनाउनुभयो ।

बैठकमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवं पूर्वसहकारीमन्त्री हृदयराम थानीले कोरोना प्रतिकार्य तथा रोकथाममा कर्णाली सरकारले प्रभावकारी भूमिका निर्वाह गरेको टिप्पणी गर्नुभयो । “यो लडाइँमा हामी पनि छौँ”, पूर्वमन्त्री थानीले भन्नुभयो, “सरकारले सहयोग मागे नेपाली काँग्रेस फिल्डमै आउन तयार छ ।” उहाँले सिमानामा रहेका कर्णालीका नागरिकलाई सकेसम्म कर्णालीमै पु¥याएर व्यवस्थापन तथा जुम्ला, सुर्खेत र चौरजहारीमा कोरोना परीक्षणको उपयुक्त ल्याब स्थापना गर्न सुझाउनुभयो । 


सर्वदलीय बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले विषयगत मन्त्रालय तथा कार्यकारी समितिले हालसम्म कोरोना प्रतिकार्य तथा रोकथाममा गरेका कामबारे जानकारी दिनुभएको थियो ।  

बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सचिव एवं राष्ट्रियसभा सदस्य मार्याप्रसाद आचार्य, नेकपा कर्णालीका सचेतक एवं प्रदेशसभा सदस्य सीता नेपाली, सुर्खेत जिल्ला इञ्चार्ज नरबहादुर विष्ट, नेपाली काँगे्रसका जिल्ला सभापति कमलराज रेग्मी, राप्रपाका कर्णाली प्रदेश उपप्रमुख सूर्य खत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम राना, नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोरा, कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डे, सचिव लक्ष्मीकुमारी बस्नेतसहितको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की